त्यसपछि आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी आशा लघुवित्त छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी बटन (SEARCH Botton) मा गएर आफूलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कूल आवेदकहरु मध्ये २०.३८ आवेदकले शेयर पाएका छन् भने ७९.६२ प्रतिशत आवेदक खाली हात भएका छन्। धितोत्रप निकाष्शन तथा बाँडफाँड नियमावली अनुरुप १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार ९९३ आवेदकले लघुवित्तको शेयर हात पारेका हुन् ।
क्यापिटलका अनुसार लघुवित्तको ६ लाख २९ हजार ९३० कित्ता शेयरका लागि कूल ३ लाख ९ हजार ७८२ आवेदकबाट एक करोड १५ लाख ८२ हजार २३० कित्ता शेयर माग भएको थियो ।
जसमध्ये ३२ हजार ९ सय कित्ता शेयरका लागि परेको ६७७ वटा आवेदन भने रद्ध भएका छन्। बाँकी ३ लाख ९ हजार १०५ आवेदकलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि गराउँदा २ लाख ४६ हजार ११२ आवेदकले शेयर नपाएका हुन्।
आशाको आईपिओले पार्ने भयो साढे दुई लाखलाई निराशा, शुक्रबार बाँडफाँड
लघुवित्तको आईपिओमा १८.३९ गुणा बढीको आवेदन परेको थियो। लघुवित्तको आईपिओमा न्यूनतम १० र बढीमा तीन हजार ३७० कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था थियो।
लघुवित्तले माघ १८ गते देखि २२ गते सम्म ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ७४ कित्ता शेयर कित्ता आईपिओ निष्काशन गरेको थियो। जसमा १० हजार ३७० कित्ता लघुवित्तका कर्मचारीलाई र ३३ हजार ७०० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको थियो।
१४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ निष्काशन पश्चात चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ।
शुक्रबार आईपिओ बाँडफाँड गरेको आशा लघुवित्तको यस्तो छ दोस्रो त्रैमासको प्रगति