कञ्चन डेभलपमेन्ट बैंकको नाफा ६७ प्रतिशतले बढ्यो, खराब कर्जा घटायो

Feb 10, 2019 Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कञ्चन डेभलपमेन्ट बैंक (KADBL) ले तीन करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ६७ प्रतिशत अर्थात एक करोड ४७ लाख रुपैयाँले बढेको हो ।

गतवर्षको यसै अवधिमा बैंकले दुई करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले खर्च र आम्दानीका सूचकहरुलाई सन्तुलनमा राख्दा र जेखिम व्यवस्थापन मार्फत फिर्ता आएको रकमको कारण बैंकको नाफा वृद्धि भएको हो । यस अबधिमा बैंकमा दुई करोड ६६ लाख रुपैयाँ जोखिम व्यवस्थापन मार्फत र्फिता आएको देखिन्छ ।

चुक्ता पूँजी ५३ करोड १३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ करोड ९७ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्मा बैंकले ४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब १२ करोड कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा बैंकले ११ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी दुई करोड ९७ लाख रुपैयाँ अर्थात ३६.४ प्रतिशतले धेरै बढेको हो ।

यहाँ बैंकले जोखिम व्यवस्थापनको लागि ठुलै रकम व्यवस्थापन गरेको छ । गतवर्ष दुई करोड ८ लाख रुपैयाँ व्यवस्था गरेको बैंकले यस वर्ष १०६ प्रतिशतले वृद्धि गर्दै ४ करोड २९ लाख रुपैयाँमा पुर्याएको छ ।

बैंकमा निष्कृय कर्जा अनुपात सुधार भएको छ । यस त्रैमासमा बैंकमा निष्कृय कर्जा अनुपात ८३ प्रतिशत छ । गतवर्ष खराब कर्जा अनुपात २.०९ प्रतिशत थियो । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ७७ पैसा छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।