उद्यमशीलता सम्मेलनको तयारी पूरा

Feb 10, 2019 Merolagani

सरकारसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आगामी बिहीबार राजधानीमा आयोजना गर्ने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

परिसङ्घले आज पत्रकार सम्मेलन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मेलनको शुभारम्भ हुने तथा विशेष वक्ताका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई सम्बोधन गर्ने कार्यक्रम निर्धारण भएको बताएको छ ।

सातवटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीले आ–आफ्ना प्रदेशका उद्यम–व्यवसायका सम्भावना र योजना अनि केन्द्रीय अर्थमन्त्रीले देशको अर्थतन्त्र उन्नयनका निम्ति भएका नीतिगत व्यवस्थाबारे सम्मेलनमा जानकारी दिने परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले बताए।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको सम्बोधनबाट समापन हुने सम्मेलनमा वरिष्ठ सरकारी अधिकारी, नीति निर्माता, कूटनीतिक नियोग, नेपालको विकासका साझेदारलगायत चारसय जनाभन्दा बढीले सभागिता सुनिश्चित भएको उनले बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।