लगानीकर्ताको घोर शत्रु: डर र लालच

Feb 10, 2019 merolagani

- आनन्द कुमार भट्टराई।
अमेरिकाको वाल स्ट्रीटमा एउटा पुरानो कहावत छः शेयर बजार दुईवटा भावना बाट चलायमान हुन्छ त्यो हो डर र लालच। यसको चङ्गुलमा फस्दा लगानीकर्ताको पोर्टफोलियो र स्टक मार्केटमा समेत गंभिर र पीडादायक प्रभाव पर्दछ। 

त्यसैले शेयर बजारमा आफ्नो लगानी रणनीति बनाउदा Value Investing र growth investing Strategy  को  ज्ञान हुनु जति जरुरी छ, बजारमा लोभ र लालचले पार्ने प्रभावको बारेमा जानकारी राख्नु त्यतिकै आवश्यक छ।

डर र लालच दुई महत्वपुर्ण मनोवैज्ञानिक मनोभावना हुन् जसले लगानीको क्षेत्रमा ठूलो प्रभाव पारेको हुन्छ । वास्तवमा लगानीको सन्दर्भमा कुरा गर्दा यी दुई तत्वले बजारमा एक्सिलेटर र गियरको काम गरिरहेको हुन्छ । लोभ र लालच मानिसको जैविक गुण  ( Genetic Quality) हो जसलाई पूर्ण रुपमा निर्मूल गर्न त सकिदैन तर यसको प्रभावबाट आफूलाई बचाउन भने सकिन्छ।

लालचः कुनै पनि वस्तुको बढी चाहना राख्नुनै लोभ हो । यो त्यस्तो भावना हो जुन अत्याधिक विश्वासबाट जन्मिन्छ । शेयर बजारमा जुनसुकै किसिमले छोटो समयमा बढी कमाउने चाहना अधिकांश लगानीकर्ताले राखेका हुन्छन्, र यही चाहना तथा अत्यधिक विश्वासले लगानीकर्ता बजारका ठूला खेलाडीको सजिलै शिकार बन्छन्।

डरः यो त्यस्तो भावना हो जुन विश्वासको कमीले आउछ । भविष्यमा हुने अशोभनिय घटनाको पूर्वाभासबाट डरको जन्म हुन्छ । आफ्नो सम्पती गुम्ने, अरुले आफू भन्दा बढी कमायो वा उसले कमायो मैले कमाउन सकिन जस्ता विभिन्न सोचले ब्यक्तिमा डरको भावना उत्पन्न हुन्छ ।       

 

 डरः

शेयर बजारमा डर दुई किसिमले उत्पन्न हुन्छ । सम्पती गुम्ला भन्ने डरबाट हामी सबै परिचित छौं । चाहे त्यो आफ्नो खल्तीको पैसा झरेको होस वा जुवामा हारेको होस अथवा खराब शेयरमा लगानी गरेर डुबेको होस, सबै जनाले यस्तो डर महसुस गरेकै हुन्छन् । यस्तो डरलाई Fear of losing money भनिन्छ ।

अर्को किसिमको डरलाई FOMO (Fear of Missing Out) भनिन्छ । यो अरु भन्दा पछाडी परिएला, छिमेकीले भन्दा नराम्रो गरिएला अथवा साथीले भन्दा कम कमाईएला (Fear of missing out, under-performing, or not doing as well as your peers) भन्ने डर हो । तार्किक ब्यक्तिलाई यस्तो डरले धेरै प्रभावित नगरेपनि आम ब्यक्तीको सही निर्णय लिन सक्ने क्षमतालाई उसको अरु जस्तै हुने चाहनाले ओझेलमा परि दिन्छ । यस्तो भावनालाई “keeping up with the Joneses.” पनि भनिन्छ ।

यस्तो डरले ब्यक्तिलाई छिमेकी भन्दा महगों कार किन्न, छिट्टै धनी हुने चाहनाले मूल्य उचालिएको शेयरमा लगानी गर्न प्रेरित गर्दछ । उदाहरणको लागि बैङ्किङ्ग क्षेत्रको पूँजी बृद्धि पछि उचालिएको शेयर खरिद गर्न हुँदैन भन्दा पनि लगानीकर्ताहरु अरु भन्दा पछि परिएला भनेर हौसिएर खरिद बढाएको बढाए थिए । परिणामको बारेमा कसैलाई भनिरहनु पर्दैन, सबैले बुझेकै छन् ।

सम्पती गुम्ला भन्ने डर प्राकृतिक हो र यसलाई नियन्त्रण गर्न सकिएता पनि दोश्रो किसिमको डर माथि विजय पाउन निकै कठिन हुन्छ । निरन्तरको प्रयास र घटिट विभिन्न घटनाहरुको विश्लेषण बाट यसलाई काबुमा राख्न सकिन्छ । यसमा वित्तिय समाचार पस्कने मिडियाहरुले कुनै सहयोग गर्न सक्दैनन् किनकी तिनले दैनिक जसो बजारले ( अरुले के गर्दैछन्) के गर्दैछ भन्ने समाचार मात्र प्रवाहित गरिरहेका हुन्छन् ।

लालच (Greed)

लालच त्यस्तो मानविय भावना हो जुन सबैले सहजै बुझ्न सक्छन् । राम्रो गर्ने चाहनाले लालचको जन्म हुन्छ । यसले बढी चाहने हाम्रो चाहनाले गर्दा कुनै पनि क्रिया बढी गर्न घचघच्याउछ । लालच, डर जस्तो शक्तिशाली त हुँदैन, तर यसले हामीलाई त्यस्तो निर्णय लिन बाध्य पार्दछ जुन हामीले लिनु हुँदैनथ्यो ।

यसलाई पनि हामी दुई भागमा बाँडेर हेर्न सक्छौः

१. बढी कमाउने चालच 

२. आफू संग भएको सम्पती गुम्न नदिएर आफै संग राख्ने

बढी कमाउने चालचले ब्यक्तीलाई मूर्खतापूर्ण निर्णय गर्न सघाउछ । जस्तो की बैङ्कहरु पूँजी बृद्धिको योजना सार्वजनिक भए पछि ती बैङ्कको पूँजी ८ अर्ब पुगे पछि तिनको प्रति शेयर आम्दानी, प्रति शेयर नेटवर्थ कति हुन्छ र बजारमा शेयरको सप्लाई कति हुन्छ भन्ने ख्यालनै नगरि भीडको पछि लागेर खरिद गर्ने निर्णय लिए । कतिपय लगानीकर्ताले त यो तथ्यको अनुमान गर्दा गर्दै पनि सजिलै पैसा कमाउन त्यो अवसर गुमाउनु हुँदैन भनेर आफ्नो सही विवेकलाई नजरहन्दाज गरि लगानी गरे किनकी बजार दिन दिनै बढिरहेको थियो ।

अर्को किसिमको लालच आफू सँग भएको सम्पती गुम्न नदिएर आफै सँग राख्ने हो । यस्तो किसिमको लालच आफ्नो सम्पती गुम्ला भन्ने डरसंग गासिंएको हुन्छ । यो त्यस्तो खालको लगानीकर्ताको हकमा लागु हुन्छ जो की राम्रै गरिरहेको शेयरमा १० प्रतिशतको बृद्धि हुने वितिकै आफ्नो नाफा बुक गर्न र सावां गुम्न नदिन विक्री गरि हाल्दछ । प्रायः जसो लागानीकर्ताले लालचको यो पक्षको बारेमा बुझेकै हुँदैनन् । यस्तो लालच दीर्घकालिन राम्रो प्रतिफलको बाधक हुन्छ । यस्तो अवस्थाको लागि एउटा कहावत छः घाटामा भएको शेयर अथवा राम्रो परफर्म नगरेका शेयरलाई हटाउनुस र नाफामा भएका शेयरलाई राखि राख्नुस ( Cut your losers quick and let your winners run ).

दूर्भाग्यवश अधिकाशं लगानीकर्ताहरु यस्तो लालचको चंगुलमा फसेर उल्टो ब्यवहार गर्दछन् । अर्थात विजेता शेयर विक्रि गर्दछन् र रुग्ण शेयर समातेर बसिरहन्छन् ( they cut their winners short and let their losers run.)

डर र लालचमाथि विजय प्राप्त गर्न सकिन्छः

लगानी गर्दा आफ्नो भावनालाई ब्यवस्थित गर्ने धेरै उपायहरु मध्ये कम्तीमा निम्न उपाय अपनाउन सके घाटा ब्यहोर्नु पर्ने अवस्था आउदैन ।

  • कम्पनीको आधारधूत सूचकहरुको बारेमा ज्ञान राख्नुस,
  • कुनै कम्पनीको शेयरमूल्य बढदै गएको छ भन्दैमा खरिद गर्ने र कुनै कम्पनीको शेयर मूल्य तल गएको छ भन्दैमा खरिद गरिहाल्ने सोच नबनाउजनुस – पहिले आधारधूत सूचकहरुको विश्लेषण गर्नुस,
  • नोक्सानीलाई निश्चित सिमा भित्र राख्नुस - "buy and hope" रणनीति लगानीको लागि घातक हो । खरिद मूल्य भन्दा तल आएको शेयरको मूल्य फेरि माथि आउछ भन्ने आशमा त्यसलाई समातेर नबस्नुस । एउट गणितिय तथ्य सधैं याद राख्नुस की ३० प्रतिशत घटेको शेयर मूल्य फेरि त्यहीं पुग्न ४२ प्रतिशतको बृद्धि हासिल गर्नु पर्छ जुन सामान्य अवस्थामा कठिन हुन्छ । त्यसैले १०/१५ प्रतिशतको नोक्सानीको सिमा राखेर त्यो भन्दा तल आएमा विक्रि गरि बाहिरिनु होस,
  • भावनामा बगेर शेयर खरिद गर्ने निर्णय कहिले नगर्नुस,
  • धैर्य पूर्वक सोच्नुस – भिडको बारेमा चिन्ता नगर्नुस बरु गलत निर्णय लिन्छु की भनी डराउनुस । भिडको पछि लाग्नु भन्दा सही निर्णय गरेर एकलै भएको राम्रो हुन्छ,
  • शेयर खरिद गर्ने होईन की ब्यवसाय खरिद गर्ने हो । कुनै पनि राम्रो ब्यवसाय गरिरहेको कम्पनीको शेयर मूल्य उसको performance संगसंगै बढदै जान्छ र
  • लगानी गर्नुस नकी सट्टेवाजी - कुनै राम्रो कमपनीको शेयर खरिद गरिसके पछि हतार नगरी प्रतिफल आउन्जेल सम्म कुरेर बस्नुस ।

यथार्थ तथ्यः

अन्तमा एउटा यथार्थ तथ्य - नेप्से ईन्डेकस सन २०११ जुन १५ मा २९२ को विन्दुमा आएर माथि उक्लन थाले पछि जसले १ लाख बैंकको शेयरमा लगानी गरे आज करिब ७.५ वर्ष पछि शेयर मूल्य न्यूनतम अवस्थामा आउदा पनि उक्त सम्पती ३ लाख देखि ५ लाख भएको छ जुन १० प्रतिशतको बैंक ब्याज भन्दा बढी नै हो ।

(लेखक नेपाल सरकारका अवकास प्राप्त उपसचिव हुन्)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।