उन्नति माइक्रोफाइनान्सको लाभांश पारित, २० प्रतिशत हकप्रद निष्काशन गर्ने

Feb 10, 2019 merolagani

उन्नति माइक्रोफाइनान्स(UMB)को लाभांश पारित भएको छ । लघुवित्तको माघ २६ गते शनिबार होटल पौवा भैरहवा रूपन्देहीमा सम्पन्न चौथो वार्षिक साधारण सभाले प्रस्तावित ४०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.१३ प्रतिशत नगद लाभांस पारित गरेको हो ।

गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित चुक्ता पूँजीको ४०.५० प्रतिशत बोनस स्वीकृत गर्दै माइक्रोफाइनान्सले त्यस पश्चात कायम हुने चुक्ता पूँजी्को २० प्रतिशत हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव समेत पारित गरेको छ । हकपं्रद निष्काशनको लागि यस अघिनै लघुवित्तले धितोपत्र बोर्डबाट अनुमति लिइसकेको छ । बोनश तथा हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार रूपैयाँ पुग्नेछ ।

यस्तै लघुवित्तले उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ति प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । यस्तै कम्पनीको नाम संशोधन गर्ने र संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

उन्नतिले लुम्बिनी अञ्चलका पाँच जिल्ला रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।