युनाइटेड मोदीको खुद नाफा साढे ५ करोड, वृद्धि सामान्य

Feb 11, 2019 Merolagani

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको तुलनामा १.०६ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा हाइड्रोले ५ करोड ४९ लाख खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा हाइड्रोको आम्दानीको मुख्य स्रोत विद्युत बिक्री बढ्न नसक्दा खुद नाफा समान्य मात्र बढेको छ ।चालू आवको ६ महिना अवधिमा कम्पनीले १६ करोड ८३ लाख ४५ हजार आम्दानी गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा २ लाख ७८ हजार मात्र धेरै हो ।

कम्पनीले ३३ लाख २२ हजार अन्य आम्दानी गर्दा एक करोड ३ लाख कर्मचारी खर्च, अन्य सञ्चालन एक करोड ८४ लाख, फाइनान्सियल कस्ट ४ करोड ३३ लाख तथा ह्रासकट्टी ३ करोड ७१ लाख खर्च गर्दा ५ करोड ५५ लाख नाफा आर्जन गरेको हो ।

यस अवधिमा हाइड्रोको अन्य स्रोत मार्फतको आम्दानी ६०.७६ प्रतिशतले घटेर ८४ लाख ६६ हजारबाट ३३ लाख २२ हजारमा झरेको छ ।

एक अर्ब १५ करोड चुक्ता पूँजी रहेको हाइड्रोको जगेडा कोषमा ६ करोड ९२ लाख रुपैयाँ सञ्चित गरेको छ । गत आवको यसै अवधिमा कम्पनीको जगेडा कोषमा ५ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

हाइड्रोको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६५ पैसा, प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २ पैसा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।