एभरेष्ट इन्स्योरेन्सको लिलामी हकप्रदमा बोलपत्र पेश गर्ने सोमबार अन्तिम

Feb 11, 2019 Merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) को हकप्रदमा अवितरित एक लाख ९७ हजार ७१७ कित्ता शेयर शिलबन्दी बोलपत्र पेश गर्ने माघ २८ गते सोमबार अन्तिम दिन रहेको छ। इन्स्योरेन्सको शेयर माघ २८ गते सोमबार प्रतिकित्ता शेयरमूल्य ७९१ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ। 

इन्स्योरेन्सले माघ २१ गतेदेखि हकप्रदमा अवितरित एक लाख ९७ हजार ७१७ कित्ता संस्थापक हकप्रद लिलाम बढाबढमा ल्याएको थियो। इच्छुक लगानीकर्ताले कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, र सिद्धार्थ बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी, सुर्खेत, नेपालगञ्ज शाखा कार्यलयबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन गर्दा न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा माथि बढाबढ मूल्यमा एक सय कित्तादेखि आवेदन खुला भएको सम्पूर्ण कित्ताका लागि माग गर्न सक्नेछन् । तर बीमा समितिले एक व्यक्ति वा संस्थाले खरिद गर्न पाउने भनि तोकेको सीमाभन्दा बढी नहुने गरि पेश गर्नुपर्नेछ । एक इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ८१३ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजीको १०५ प्रतिशत हकप्रद निष्काशन गर्दा सो परिमाणमा हकप्रद बिक्री नभएपछि लिलामी मार्फत बिक्रीमा ल्याएको हो।

इन्स्योरेन्सको मंसिर १६ गतेदेखि पुस २२ गतेसम्म कूल १४ लाख ३ हजार ३२५ कित्ता संस्थापक समूहको हकप्रद बिक्री खुला गरेको थियो । सो शेयरमा १२ लाख ५ हजार ६०८ कित्ताका लागि मात्र आवेदन परेकोले सो शेयर गत माघ ९ गते बाँडफाँड गरेको थियो ।

बीमा समितिको निर्देशन अनुरुप संस्थापक शेयर हिस्सा ५१ प्रतिशत कायम गर्न पहिलो चरणमा कम्पनीले १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गरेको थियो । यो लिलामी पश्चात कम्पनीले ३०० प्रतिशत हकप्रद बिक्री गरि एक अर्ब रुपैयाँ पूँजी कायम गर्ने जनाएको छ ।

संस्थापक शेयरको लिलामी बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुग्नेछ । सो पश्चात बिक्री हुने ३०० प्रतिशत हकप्रद पूँजीकरण पश्चात एक अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ चुक्ता पूँजी कायम हुने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

नेप्सेमा यस साता २ करोड १७ लाख कित्ता शेयर भयाे सूचीकरण, ८३ लाख ६४ हजार कित्ता बोनस

Feb 16, 2019

नेपाल स्टक एक्सचेञ्जमा यस हप्ता ६ कम्पनीको दुई करोड १७ लाख ७६ हजार २७६ दशमलव ६६ कित्ता शेयर कारोबारका लागि सूचीकृत भएका छन् ।