कालिका पावरको नाफा ६९.८५ प्रतिशतले बढ्यो, जगेडा कोषमा उत्कृष्ट सुधार

Feb 11, 2019 Merolagani

कालिका पावर कम्पनी लिमिटेड (KPCL) को नाफामा ६९.८५ प्रतिशतले बढोत्तरी देखिएको छ। गत वर्ष एक करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

कम्पनीले विद्युत बिक्री मार्फत हुने आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ५.३४ प्रतिशतले बढेर १० करोड रुपैयाँ पुगेको छ । जसले कम्पनीको गत आवको दोस्रो त्रैमासको तुलनामा प्रतिशेयर आम्दानी जगेडा लगायतका अधिकांश सूचाङ्कहरुमा आकर्षक सुधार भएको छ ।

गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत् ९ करोड ४९ लाख आम्दानी गरेको थियो।

यस अवधिमा कम्पनीले ४२ करोडबाट चुक्ता पूँजी ६० करोड पुर्याएको छ । कम्पनीले १२ करोड आम सर्वसाधारण र आयोजना प्रभावित बासिन्दाका लागि ६ करोड आईपिओ जारी गरेको हो ।

यस्तै जगेडा कोषमा पनि कम्पनीले उत्कृष्ट सुधार गेकाे छ । गत वर्ष ५४ लाख ८० हजार ऋणात्मक रहेको कम्पनीको जगेडा कोषमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ लाख ८७ हजार रुपैयाँ सञ्चित रहेको छ। चालू आवको ६ महिना अवधिमा कम्पनीले नाफा बढाएपछि सञ्चित जगेडा नोक्सानी घटाएर धनात्मक बनाएको हो ।

कालिका पावरको विद्युत बिक्री लागत भने गत आवको पुसमा ६६ लाख ४२ हजार रहेकोमा ९५ लाख १७ हजार पुगेको छ । प्रशासकिय खर्च गत आवको यसै अवधिको तुलनामा २२ लाख ३४ हजार रुपैयाँले कटौती भएको हो ।

यस्तै गत पुसको तुलनामा चालू आवको यसै अवधिमा ह्रास खर्च एक लाख ७८ हजारले बढेपनि ब्याज खर्च भने ४१ लाख १६ हजार कम खर्च गरेको छ । खर्चमा व्यवस्थापनमा देखिएको सुधारले पनि कम्पनीको नाफामा सुधार मद्धत पुगेको हो ।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७८ पैसा, प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात १४.६० गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।