आईसिएफसि फाइनान्स र निक्षेप तथा कर्जा सुरक्षण कोषले गरे सम्झौता

Feb 11, 2019 Merolagani

आईसिएफसी फाइनान्सले निक्षेप तथा कर्जा सुरक्षण कोषसँग कर्जा सुरक्षाका सम्बन्धमा सम्झौता गरेको छ । राष्ट्र बैंकले गत असोज ११ गते जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धी एकिकृत कार्यविधी २०७५ अनुसार कर्जा सुरक्षणका लागि सम्झौता गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता पत्रमा फाइनान्सकासहायक महाप्रबन्धक अमित श्रेष्ठ र निक्षेप तथा कर्जा सुरक्षण कोषका कायममुकायम नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेलले हस्ताक्षर गरेका छन् ।

एकिकृत कार्यविधी अन्तरगतका विभिन्न कर्जाहरुको निक्षेप तथा कर्जा सुरक्षण कोष बाट अनिवार्य रुपमा कर्जा सुरक्षण गर्नु पर्ने भएकाले २०७५ माघ २७ गते आइतबार देखि लागु हुने गरि फाइनान्स र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच सम्झौता गरिएको विज्ञप्तिमा उल्लेख छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।