मल्टिपर्पस फाइनान्सको १८४ प्रतिशतले खुद नाफा बढ्दा कति कमायो ?

Feb 11, 2019 Merolagani

मल्टिपर्पस फाइनान्स (MPFL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिमा १८४ प्रतिशतले खुद नाफा बढाउँदा पनि ३६ लाख तीन हजार मात्र खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको यसै अवधिमा फाइनान्सले १२ लाख ६७ हजार रुपैयाँ कमाएको थियो । समीक्षा अवधिमा फाइनान्सले २३ लाख ३५ हजारले खुद नाफामा सुधार गरेको हो ।

चक्ता पूँजी ४ करोड १४ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा दुई करोड ७३ लाख रुपैयाँ सञ्चित छ । जगेडा कोष पनि कम्पनीले ५१.९३ प्रतिशतले बढाएको छ ।

पुस मसान्तसम्ममा २२ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले २१ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । समीक्षा अवधिमा फाईनान्सले ७१ लाख खुद ब्याज आम्दानी गरेको छ । गतवर्षको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी ३१ लाख ४७ हजार रुपैयाँ अर्थात ७९.४ प्रतिशतले धेरै हो ।

फाइनान्समा निष्कृय कर्जा अनुपात ५ बाट बढेर ७ प्रतिशतमा पुगेको छ। राष्ट्र बैंकको निर्देशन अनुरुप बैंक तथा वित्तीय संस्थाहरुले पाँच प्रतिशत भन्दा कम खराब कर्जा कायम गर्नुपर्छ । नत्र कम्पनीले कारवाहीको सामना गर्नुपर्छ । यो कम्पनीले पनि कारवाहीमा सामना गर्नुपर्ने देखिएको छ ।

फाइनान्सको प्रतिशेयर आम्दानी गत आवको पुस मसान्तमा ६ रुपैयाँ ११ पैसा रहेकोमा ११ रुपैयाँ २७ पैसा बढेर १७ रुपैयाँ ३८ पैसा छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ३३ पैैसा र मूल्य आम्दानी अनुपात १४.४१ गुणा बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।