भ्यालेन्टाइन डे मा सोमर्स्वीद्धारा “ह्यान्ड हर्ट” को अवधारणा

Feb 11, 2019 Merolagani

भ्यालेन्टाइन डे को उपलक्ष्यमा सोमर्स्वीद्धारा “ह्यान्ड हर्ट” को अवधारणा प्रस्तुत गरेको छ। यस पटक प्रणय दिवस उत्सव मनाउन युवाहरुमाझ लोकप्रिय स्वप्न सुमन र ज्योत्सना योगीका साथ प्रस्तुत भएका छन्। यसपटक सोमस्र्वीले “ह्यान्ड हर्ट” लाइ प्रेमको प्रतिकका रुपमा प्रस्तुत गरेको छ।

“ह्यान्ड हर्ट” कुनै पनि शब्दको प्रयोग विना हातको औँलाहरु प्रयोग गरि प्रेम अभिव्यक्ति गर्ने माध्यम हो। यसमा औँलाहरुबाट कलात्मक रुपमा हर्ट अर्थात मुटु आकार बनाइन्छ। 

स्वप्न र ज्योत्सनाले आफ्ना औँलाहरु प्रयोग गरी बनाएको हर्ट आकार युक्त सोमस्र्वी क्याम्पेन युवा पुस्ता माझ लोकप्रिय हुनेछ भन्ने आशा कम्पनीले गरेको छ।

नयाँ पुस्ताका स्टारहरु जस्तै ग्यालोर, जस्टिन विवर, टेलर स्वीफ्ट, लेडी गागा, सेलेना गोमेज, डेमी लोभाटो, ब्लेक लाइभ्ली र फुटबलर्स हजार्ड, एग्लो रोशी तथा अरु धेरैले “ह्यान्ड हर्ट” को प्रदर्शनले दर्शकलाई आकर्षित गरेका छन्। 

भ्यालेन्टाइन डे जोडीहरुको लागि एक विशेष दिन हो जुन दिन उनीहरु एकअर्कामा प्रेमभाव साटासाट गरी आफ्नो मनका कुराहरु व्यक्त गर्दछन्। यो दिनलाई सँसारभर प्रेम उत्सवको रुपमा मनाइन्छ र नेपाल पनि यसबाट अछुतो रहन सकेन। मुलभुत रुपमा पहिला यो नेपालमा नमनाइएता पनि विगत केही वर्षदेखि गहिरो रुपमा बढ्दै गएको आधुनिकीकरण तथा पश्चिमेली शैलीको प्रभावले प्रणय दिवस आजकल नेपालमा पनि प्रेम जोडीहरु बीच निकै प्रख्यात हुँदै आइरहेको छ।

फ्रेबुअरी महिनाको शुरुदेखि नै विभिन्न कार्यक्रम गरी प्रेम दिवस मनाउने चलन चल्दै आएको छ । फ्रेबुअरी १४ गते मनाउने प्रेम दिवस अगाडी नै रोज डे, चकलेट डे, हग डे, टेडी डे जस्ता प्रेम अभिव्यक्त गर्ने विभिन्न दिनहरु नेपाली युवामाझ पनि लोकप्रिय हुँदै आएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।