खुद नाफा १८ करोड ५८ लाख
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड ५८ लाख १२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १० करोड ५८ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ७ करोड ९९ लाख २० हजार रूपैयाँ धेरैले नाफा बढाएको हो।
कम्पनीले गत पुस मसान्तको तुलनामा व्यापारमा लाग्ने खर्च ह्वात्तै घटाएपश्चात कम्पनीको नाफामा आकर्षक बढोत्तरी भएको हो । गत वर्ष पुस मसान्तसम्म कम्पनीले १९ करोड ५७ लाख ५४ हजार रुपैयाँ कम्पनीको व्यापार खर्च थियो तर अहिले उक्त शीर्षकको खर्च ११ करोड २ लाख ८३ हजारमा सीमित छ ।
प्रतिशेयर आम्दानी ४१ रुपैयाँ बढेर ९६ रुपैयाँ पुग्यो
चुक्ता पूँजी ३८ करोड ५६ लाख ४५ हजार ५०० रुपैयाँ रहेको हिमालयन डिष्ट्रिलरीको वार्षिक प्रतिशेयर आम्दानीमा पनि ४१ रुपैयाँ ४४ पैसाको आकर्षक सुधार भएको छ । चालू आवको ६ महिना अवधिमा कम्पनीको वार्षिक ईपिएस ९६ रुपैयाँ ३६ पैसा कायम भएको छ । गत आवको पुस मसान्तमा कम्पनीको इपिएस ५४ रुपैयाँ ९२ पैसा रहेको थियो ।
कम्पनीको प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात २८.८३ गुणा धेरै रहेको छ ।
कम्पनीका अनुसार यस्तो छ नाफा बढ्ने कारण
यस कम्पनीले गोल्डेन ओएक ब्राण्डको मदिरा उपभोक्ताले अत्याधिक रुचाएका कारण आम्दानीमा सुधार भएको र ब्लाक ओएक नामको अर्को प्रोडक्टबाट पनि सकारात्मक धारण प्राप्त भएको र रोयल ट्रिजरको बिक्री वितरण सुधार देखिएकाले कम्पनीको मुनाफा वृद्धि भएको जनाएको छ ।
कम्पनीसँग अचल अचल सम्पत्ति गरि कूल १ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । यस्तै अचल दायित्व २४ करोड ७९ लाख ६९ हजार तथा चालू दायित्व ४४ करोड ३ लाख ३४ हजार रहेको देखिन्छ ।
नेपालीले चालू आवको ६ महिनामा खाए एक अर्बको मदिरा
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपालीहरूले हिमालयन डिष्ट्रिलरीले उत्पादन गरेको मदिरा उपभाेगमा मात्रै एक अर्ब ३ करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरको खर्च गरेका छन् ।
गत आवको पुस मसान्तको तुलनामा यस कम्पनीले ८ करोड ५३ लाख ४१ हजार रुपैयाँ धेरै मदिरा बिक्री गरेको हो । कम्पनीले गत पुसमा ९५ करोड ९ लाख ५० हजारको मदिरा ब्यापार गरेको थियो ।
यस्तै कम्पनीको अन्य सञ्चालन आम्दानीमा पनि उच्च वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको दोस्रोे त्रैमासमा एक करोड एक लाख ७२ हजार रहेको उक्त आम्दानी ९ करोड ९९ लाख ५० हजार पुगेको छ ।
त्यस्तै वस्तु विक्री वितरण खर्च भने साढे ९ करोड ५८ लाख रुपैयाँले बढेको छ । गत आवको पुस मसान्तसम्ममा ५० करोड ६२ लाख १४ हजार रुपैयाँ वस्तु विक्री वितरण खर्च गरेकोमा चालू आवको यसै अवधिमा ६० करोड २० लाख ६० हजार रुपैयाँ पुगेको छ ।
यस्तै गत वर्ष भन्दा कम्पनीको कार्यालय खर्च पनि २ करोड ६८ लाख बढेर ८ करोड ५२ लाख पुगेको छ भने कर्मचारी बोनसमा एक करो २५ लाख बढी २ करोड ७६ लाख छुटुटाएको छ।