शिवम् सिमेन्टले शेयरमूल्य घटाएर शेयर निष्काशन गर्ने, मकवानपुरबासीले ५० प्रतिशत थप शेयर पाउने

Feb 12, 2019 Merolagani

शिवम सिमेन्ट (SCL) ले यसअघि प्रस्ताव गरेको शेयर मूल्यलाई घटाएर सर्वसाधारण र मकवानपुरबासीलाई शेयर निष्काशन गर्ने भएको छ। शिवमले यस अघि मकवानपुरबासीलाई निष्काशन गरेको शेयर पनि नयाँ मूल्य अनुसार समायोजन गरी त्यस बेलाका आवेदकलाई थप शेयर उपलब्ध गराउने भएको छ।

मंगलबार सूचना मार्फत शिवम् सिमेन्टले मकवानपुरबासी तथा सर्वसाधारणलाई एकै पटक गरी आगामी फागुन ६ गतेदेखि शेयर निष्काशन गर्ने जनाएको छ ।

शिवमले सर्बसाधारणका लागि प्रति कित्ता ३०० रुपैयाँका दरले ४४ लाख कित्ता र मकवानपुरबासीका लागि प्रतिकित्ता २०० रुपैयाँका दरले ५ लाख ७९ हजार ६ सय ४० कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

शिवमले प्रतिकित्ता शेयरको अंकित मूल्य एक सय रुपैंयामा २०० रुपैयाँ प्रिमियम थप गरी ३०० रुपैंयाको दरमा सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो ।

मकवानपुरबासीलाई भने अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैंयाको दरमा शेयर निष्काशन गर्न लागेको हो ।

यस अघि मकवानपुरबासीलाई प्रतिकित्ता ३०० रुपैयाँ र सर्बसाधारणलाई ४०० रुपैयाँमा शेयर बिक्री गर्ने योजना अनुसार शिवम्ले मकवानपुरबासीलाई शेयर निष्काशन गरिसकेको छ ।

तत्कालिन अवस्थामा मकवानपुरबासीलाई ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेकोमा २ लाख २४० कित्ता शेयर मात्र बिक्री भएको थियो । उक्त समयमा ३०० रुपैंयामा शेयर किनेकाहरुलाई शिवम्ले थप १ लाख १२० कित्ता अर्थात ५० प्रतिशत शेयर दिने भएको हो । पहिलो १०० कित्ता शेयर किनेकाहरुले थप ५० कित्ता शेयर पाउने सूचनामा उल्लेख छ ।

पहिलो शेयर किनेका आयोजना प्रभावितलाई थप शेयर उपलब्ध गराए पछि बाँकी ५ लाख ७९ हजार ६ सय ४० कित्ता शेयर मकवानपुरबासीका लागि निष्काशन भएको हो । मकवानपुरबासीले उक्त शेयरमा आवेदन नगरेको खण्डमा सर्वसाधारणलाई नै ३०० रुपैंयाको दरमा उक्त शेयर बिक्री हुनेछ ।

उता सर्वसाधारणका लागि छुट्याइएको ४४ लाख कित्ता शेयर मध्ये सामुहिक लगानी कोषहरुका लागि २ लाख २० हजार कित्ता छुट्याईएकोमा जम्मा ६० हजार कित्ता मात्र बिक्री भएको छ । यो शिर्षकबाट पनि १ लाख ६० हजार कित्ता शेयर सर्वसाधारण्मा नै बिक्री हुने भएको छ ।

संस्थाका कर्मचारीका लागि छुट्याएको २ लाख २० हजार कित्ता तथा सामुहिक लगानी कोषहरुलाई छुट्याइएको २ लाख २० हजार कित्ता शेयर बाहेक सर्वसाधारणमा ३९ लाख ६० हजार कित्ता शेयर निष्काशन हुनु पर्नेमा ४१ लाख २० हजार कित्ता शेयर निष्काशन भएको हो ।

उता मकवानपुरबासीको ५ लाख ७९ हजार ६ सय ४० कित्ता शेयर पनि अपेक्षित रुपमा बिक्री नभएको खण्डमा बिक्री नभएको शेयर सर्वसाधारणमा नै बिक्री हुनेछ ।

सर्वसाधारण तथा मकवानपुरबासीले उक्त शेयरमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने छ । मकवानपुरबासीले अधिकतम ५ लाख ७९ हजार ६ सय ४० कित्ताका लागि आवेदन गर्न सक्ने छन् भने सर्वसाधारणले ४४ लाख कित्तासम्मका लागि आवेदन गर्न सक्ने छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।