अरुण भ्यालीको नाफा ७६.६ प्रतिशतले बढ्यो, सबै सूचकमा सकारात्मक सुधार

Feb 12, 2019 Merolagani

अरुण भ्याली हाइड्रोपावर (AHPC) ले गत वर्षको तुलनामा ७६.६ प्रतिशतले नाफा बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ । गत वर्ष एक करोड ७२ लाख नाफा आर्जन गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ३ लाख नाफा आर्जन गरेको छ ।

विद्युत विक्री मार्फतको आम्दानी र अन्य स्रोत मार्फतको आम्दानी बढेसँगै हाइड्रोको नाफामा बढोत्तरी देखिएको हो ।

गत वर्ष विद्युत बेचेर २ करोड ३३ लाख आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत बेचेर ३ करोड २ लाख आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ६८ लाख ८३ हजार अर्थात् २९.५१ प्रतिशतले बढी हो ।

हाइड्रोको अन्य स्रोत मार्फतको आम्दानी १३१.१२ प्रतिशतले बढेको छ । गत वर्ष अन्य स्रोत मार्फत् ९७ लाख आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड २४ लाख आम्दानी गरेको छ ।

योसँगै हाइड्रोले सञ्चालन खर्च र प्रशासनिक खर्चमा भारी मात्रामा व्यवस्थापन गरेको छ । हाइड्रोले प्रशासनिक खर्च ५० लाख ६ हजार रुपैयाँबाट २३ लाख ८ हजारमा झारेको छ भने सञ्चालन खर्च ३८ लाख ७९ हजारबाट २८ लाख १० हजारमा सीमित राखेको छ ।

९३ करोड ३० लाख बराबरको चुक्ता पूँजी स्थिर राखेको हाइड्रोले जगेडा कोषमा १५६.३४ प्रतिशतले सुधार गर्दै ५ करोड ४९ लाख रुपैयाँ सञ्चित गरेको छ ।

प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५१ पैसा रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात १६.१३ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।