लुम्बिनी जनरलको खुद बीमा शुल्क बढ्दा खुद नाफा घट्यो

Feb 12, 2019 Merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) को खुद बीमा शुल्क आर्जनको आकारमा सामान्य सुधार भएको छ । यद्यपी उसको खुद नाफामा भने गिरावट देखिएको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा कम्पनीले १९ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो एक करोड १६ रुपैयाँले बढी हो ।

गत वर्षको यसै अवधि कम्पनीले १८ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमा शुल्कमा सुधार देखिए पनि खुद नाफा भने घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा ८ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ करोड ६७ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको हो । यो गत वर्षको यहि अवधिको तुलनामा ८५ लाख रुपैयाँले कम हो ।

कम्पनीले पुर्नबीमा कमिशन आयबाट ५ करोड ८८ लाख, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ८८ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको बीमा कोषमा ४७ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा १७ करोड ९२ लाख रुपैयाँ सञ्चित छ ।

६५ हजार ६२६ वटा बीमालेख जारी गरी कम्पनीले कुल ६१ करोड ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा १० हजार ६१९ वटा बीमालेख नवीकरण भएका छन् ।

कम्पनीले २ हजार २०९ वटा दाबी वापत ३३ करोड ७८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने २ हजार ६२० वटा दाबी वापत ६१ करोड ६७ लाख रुपैयाँ भूक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्सको प्रति शेयर आम्दानी १७ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात ३०.९३ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।