महालक्ष्मी विकास बैंकको आम्दानीमा देखियो संकुचन

Feb 12, 2019 Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा महालक्ष्मी विकास बैंक (MLBL) ले १९ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गतवर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद नाफा ४ प्रतिशतले घटेको छ । गतवर्षको यसै अवधिमा बैंकले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको थियो ।

बैंकले खुद ब्याज आम्दानीमा राम्रो सुधार गरे पनि नाफा घटेको हो । बैंकको कर्मचारी खर्च र अन्य व्यवस्थापन खर्चको आकार बढ्दा खुद नाफामा गिरावट आएको हो ।

कर्मचारी व्यवस्थापनमा १८ करोड ८ लाख रुपैयाँ खर्च गरेको बैंकले १३ करोड १२ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ ।

बैंकले गतवर्षको तुलनामा कर्मचारी खर्च ५६ प्रतिशत र अन्य सञ्चालन खर्चमा २४.३१ प्रतिशतले बढाएको देखिन्छ ।

चुक्ता पूँजी दुई अर्ब ८४ करोड ४५ लाख रहेको बैंकको जगेडा कोषमा एक अर्ब ५ करोड ९ लाख रुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्ममा २८ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २५ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

बैंकले चालुआर्थिक वर्षको ६ महिनामा ६२ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १७ करोड १४ लाख अर्थात ३७.७ प्रतिशतले बढेको हो ।

बकैंकमा निष्कृय कर्जा अनुपात ४.४१ प्रतिशत छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९० पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९५ पैसा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।