यस अवधिसम्ममा कम्पनीले एक अर्ब ७३ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा ५२ करोड ४ लाख रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले १ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।
यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ६५ करोड १५ लाख रुपैयाँ, बीमालेख धितो कर्जामा १ अर्ब ६ करोड ४६ लगानी गरेर २ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीले बीमाङ्कीय मूल्याङ्कन अघिको २ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत बर्षको यहि अवधिको तुलनामा ११.८५ प्रतिशतले बढी हो । गत बर्षको कम्पनीले २ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ भएको एशियन लाईफको जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ सञ्चित छ ।
गत आवको पुस मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ८० करोड ५५ लाख ९३ हजार र जगेडा कोषको आकार २५ करोड ४३ लाख रहेको थियो ।
हालसम्म २ लाख ५० हजार ३५४ बीमालेख रहेको कम्पनीले कुल १७ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले ३ हजार ४०१ दाबी वापत ९५ करोड ७५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस्तै ६६ दाबी वापत १ करोड १७ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ।
यस अवधिमा इन्स्योरेन्स प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा र मुल्य आम्दानी अनुपात १३२.९४ गुणा बढी छ।