आईएमई जनरल खुद बीमा शुल्क ३८.४६% बढ्यो, २५ करोड दाबी भुक्तानी गर्न बाँकी

Feb 12, 2019 Merolagani

आईएमई जनरल इन्स्योरेन्स (IGI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३८.४६ प्रतिश बढी हो।

गत वर्ष पुस मसान्तमा कम्पनीले १९ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस सम्ममा कम्पनीले ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड ३ लाख रुपैयाँले बढी हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले पुर्नबीमा कमिशन आयबाट ७ करोड ५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ५४ करोड रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा १४ करोड ५५ लाख रुपैयाँ, बीमा कोषमा २० करोड ७२ लाख रुपैयाँ सञ्चित छ । गत आवकाे पुसमा कम्पनीकाे जगेडा कोषमा ११ करोड ४९ लाख रुपैयाँ, बीमा कोषमा ११ करोड ७६ लाख रुपैयाँ थियाे ।

यस अवधिमा कम्पनीले १ हजार २३० दाबी वापत १६ करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने अझै १ हजार ७०३ दाबी वापत २५ करोड १२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

हाल सम्म कम्पनीले ४१ हजार १५२ वटा बीमालेखबाट ६० करोड ४९ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको ५ हजार ४५ बीमालेख नवीकरण भएका छन् ।

कम्पनीको प्रतिशेयर आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा ३ रुपैयाँ ८३ पैसाले सुधार भई २१ रुपैयाँ ६९ पैसा कायम भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात २०.८४ गुणा बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।