गत आर्थिक वर्षको दास्रो त्रैमासमा कम्पनीले ४ अर्ब ४८ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले पुर्नबीमा कमिशनबाट ६२ लाख १६ हजार रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै बीमालेख धितोमा ७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेर ३७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीले ७ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष कम्पनीले यहि अवधिमा ६ करोड ७६ लाख रुपैयाँ नाफा गरेको थियो ।
एक अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ५४ करोड ८१ लाख रुपैयाँ, जीवन बीमा कोषमा ४८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको हाल कायम ७ लाख २५ हजार ७३ वटा बीमालेखबाट कुल ५ अर्ब ८१ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कुल ७ हजार ३७० वटा दाबी वापत १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ करोड ६३ लाख रुपैयाँ बराबरको दाबी वापत भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३८ पैसा, प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१६.०८ गुणा बढी छ ।
खुद नाफाको रकम बिमांकीय मूल्यंकन नगरी देखाइएकाले वित्तीय विबरण उल्लेख भएको खुद नाफा, प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपातको तथ्यांक वास्तविक हैन ।