जनउत्थान लघुवित्तको खुद नाफा १८.६१ प्रतिशतले बढ्दा पनि प्रतिशेयर आम्दानी घट्यो

Feb 13, 2019 Merolagani

जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८५ लाख ७२ हजार रुपैंया खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १८.६१ प्रतिशतले बढी हो । लघुवित्तले गत वर्षको यसै अवधिमा ७२ लाख २७ हजार रुपैंया खुद नाफा आर्जन गरेको थियो ।

खुद नाफामा राम्रो बढोत्तरी देखिए पनि लघुवित्तको प्रतिशेयर आम्दानी भने ४ रुपैयाँ २५ पैसाले घटेको छ । चुक्ता पूँजीको आकार बढाएका कारण लघुवित्तको गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५० रुपैयाँ १८ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले ४५ रुपैयाँ ९३ पैसामा झरेको हो ।

यस अवधिमा लघुवित्तले चुक्ता पूँजी २९.६१ प्रतिशतले बढाएर २ करोड ८८ लाखबाट ३ करोड ७३ लाख पुर्याएको छ भने जगेडा कोषमा ८८.३६ प्रतिशतको सुधार गर्दै ४ करोड ९३ लाख रुपैयाँ सञ्चित गरेको छ ।

त्यसैगरी लघुवित्तले निक्षेप संकलन ७३.८१ प्रतिशतले बढाएर १८ करोड १२ लाख बाट ३१ करोड ५० लाख पुर्याएको छ भने कर्जा परिचालन ५९.५६ प्रतिशतले विस्तार गर्दै एक अर्ब १२ करोड ५४ लाख रुपैयाँ पुर्याएको छ । यसका लागि लघुवित्तले ७९ करोड ६४ लाख सापटी लिएर लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तले ८ करोड ९८ लाख ब्याज आम्दानी र ५ करोड २५ लाख ब्याज खर्च गरी ३ करोड ७३ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ४७.९४ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

साथै अन्य सञ्चालन आम्दानीका रुपमा एक करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा लघुवित्तले ९८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्ममा लघुवित्तको कर्मचारी खर्च ५३.५६ प्रतिशतले बढेर एक करोड ५८ लाखबाट २ करोड ४४ लाख पुगेको छ भने अन्य सञ्चालन खर्च ७८.७८ प्रतिशतले बढेर ४५ लाख ४२ हजारबाट ८१ लाख २० हजार रुपैंया पुगेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात १.४८ बाट बढेर २.२३ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ २५१ रुपैयाँ २६ पैसा र मूल्य आम्दानी अनुपात ५५.४६ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।