नेप्सेको ब्रोकरलाई निर्देशन: प्यान सहजीकरण डेक्स स्थापना गर्नु

Feb 13, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले सबै ब्रोकर कम्पनीहरुलाई लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) लिने कार्यमा सहजीकरण गर्न ब्रोकर कार्यालयमा यथासक्दो चाँडो स्थायी लेखा दर्ता सहजीकरण डेस्क राख्न निर्देशन दिएको छ ।

नेप्सेले प्यान लागू गर्ने सन्दर्भमा आवश्यक पुर्व तयारी गर्न धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार सो ब्रोकरलाई निर्देशन दिएको जनाएको छ ।

बोर्डको कात्तिक १५ गते नेप्सेलाई पत्र लेख्दै अगामी २०७६ बैशाख १ गतेदेखि धितोपत्रको दोस्रो बजार मार्फत शेयर खरिद गर्दा स्थायी लेखा नम्बर अनिवार्य हुने गरि लागू गर्न आवश्यक पुर्व तयारी गर्न निर्देशन दिएको थियो ।

नेप्सेले ब्राेकरलाइ दिएकाे निर्देशनमा भनिएको छ: 'धितोपत्रको दोस्रो बजार मार्फत धितोपत्रको कारोबार गर्नुहुने लगानीकर्ताले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागको वेवसाइट मार्फत तोकिए बमोजिम स्थायी लेखा नम्बर लिन दर्ता प्रकृयाका लागि निवेदन दिन चाहेमा निज लगानीकर्ताको सहजीकरणका लागि त्यस कार्यालयमा स्थायी लेखा नम्बर दर्ता सहजीकरण डेक्स तथा सो कार्य गर्नका लागि कर्मचारी समेत तोकी स्थायी लेखा दर्ता सहजीकरण गर्ने आवश्यक व्यवस्था यथासक्दो चाँडो गर्नुहुन निर्णयअनुसार अनुराेध गरिन्छ।'

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।