शेयर बजार परिसूचक १११८ नजिक ओर्लियो, फर्किएला बजार ?

Feb 13, 2019 Merolagani

गत मंसिर १९ गते बुधबार शेयर बजार परिसूचक नेप्से १११८.१३ बिन्दुमा ओर्लिएर उकालो लागेको थियो। अहिले फेरी बजार उही बिन्दुको नजिक ओर्लिएको छ। चक्रका रुपमा तल माथि भईरहेको बजारको अन्तिम बिन्दु कहाँ होला र सुधार देखिएला भनेर बसेकाहरुलाई अझै बजारले सुध्रिने संकेत देखाएको छैन।

सूचकसँगै कारोबार रकम समेत फराकिलो अन्तरले तल झर्नुले बजार सुध्रिने संकेत नदेखिएको हो। साथै समग्र आर्थिक कृयाकलापमा देखिएको सुस्तताका साथै वाणिज्य बैंकहरुको व्याजदर घट्ने आश निराशामा बदलिँदा त्यसको नकरात्मक असर शेयर बजारमा पनि देखिने भएको हो।

बुधबार नेप्से परिसूचक ७.११ अंकले ओरालो लागेर ११२१.०८ बिन्दुमा पुगेको छ। यस अघि गत मंसिर १९ मा १११८.१३ विन्दुबाट सुधारिने क्रममा भोलिपल्ट ११२०.८४ अंकमा उक्लिएको थियो । उक्त बिन्दु बुधबारको तुलनामा झण्डै १ अंकले तल नै परेको देखिन्छ।

बुधबार नेप्सेमा १७४ कम्पनीका ८ लाख १२ हजार ३८७ कित्ता शेयर २३ करोड ८८ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । गत मंसिर १९ गते बजार तल्लो विन्दुमा आउँदा ३७ करोड ७३ लाख रुपैंयाको शेयर कारोबार भएको थियो।

अघिल्लो दिन अर्थात मंगलबारको तुलनामा भने कारोबार रकममा केही सुधार देखिएको हो । मंगलबार १६४ कम्पनीका ८ लाख ४६ हजार ७८० कित्ता शेयर १९ करोड ४१ लाख रुपैयाँ बराबरमा कारोबार भएका थिए।

यस अघि नै मेरोलगानीले बजार ओरालो लाग्ने क्रममा ११५० विन्दुबाट ओरालो लाग्न थाले पछि १११८ को विन्दुसम्म झर्न सक्ने आँकलन तथ्यगत रुपमा प्रस्तुत गरेको थियो।

...[शेयर बजार ११५० अंक मुनि ओर्लियो, अघिल्लो त्रैमासको अन्तिम बिन्दुमा ओर्लिएला ?]...

 

बुधबार कारोबारमा आएका उपसूचक मध्ये उत्पादन तथा प्रशोधन समूहको सूचक मात्र ४६.३ अंकले बढेको छ ।

यस दिन जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै अर्थात ९५.७५ अंकले घटेको छ । र्निजीवन बीमा २६.७१, लघुवित्त ११.९, जलविद्युत्त १०.६१, बैंकिङ्ग ६.६७, विकास बैंक ६.२८, वित्त ४.२२, व्यापार २.७, अन्य १.८३ र होटल समूहको सूचक ०.२१ अंकले घटेका छन् ।

यस दिन कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बैंकको सबै भन्दा धरै अर्थात ४३ हजार ४४२ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकमका आधारमा नागरिक लगानी कोषको सबै भन्दा धेरै अर्थात एक करोड ३२ लाख रुपैयाँ बराबारको कारोबार भएको छ ।

बुधबार चौतारी लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ९.८२ प्रतिशतले वृद्धि भएको छ । युनिलिभर नेपालको ५.९९ प्रतिशत, कन्काई विकास बैंकको ४ प्रतिशत तथा सानिमा इक्विटी फण्ड, कर्पोरेट डेपलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य तीन प्रतिशत भन्दा धेरैले बढेको छ ।

उता नयाँ नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेर उल्टो सर्किट लागेको छ । जेविल्स फाईनान्सको शेयर मूल्य ५.६ प्रतिशतले घटेको छ भने खानिखोला हाईड्रोपावर, कालिका पावर, गुरासँ लाइफ इन्स्योरेन्स र लक्ष्मी लघुवित्तको शेयर मूल्य चार प्रतिशतले घटेका छन् ।

साथै नेपाल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, मिर्मिरे लघुवित्त र अपी पावरको शेयर मूल्यमा तीन प्रतिशत भन्दा बढी संकुचन आएको छ ।

मंसिर १९ मा बजार परिसुचक नेप्से १११८.१३ बिन्दुमा ओर्लिएका दिन प्रकाशित सामग्री हेर्नुहोस् । 

...[एक एक खबरले प्रभावित बनाउन थाल्यो शेयर बजार, व्याजदरको मिटर बढ्दा बजारमा पहिरो]... 

...[बजारमा भीषण पहिरो गएपछि यस्तो आयो प्रतिकृया]...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।