कामना सेवा विकास बैंकको सिइओमा प्रविण बस्नेत नियुक्त

Feb 13, 2019 Merolagani

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) को प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट प्रविण बस्नेत नियुक्त भएका छन्। बैंक सञ्चालक समतिको २६५ औं सञ्चालक समितिको बैठकले बस्नेतलाई फागुन ०१ गते देखि लागू हुनेगरि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

विगत १८ वर्ष कार्यनुभव मध्ये १३ वर्ष विभिन्न वाणिज्य बैंकहरूको महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव सहित २०७५ साल भदौ १ गते देखि बस्नेत कामना सेवा विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गरेका थिए।

गत मंसिर ८ गते देखि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकलाई नेतृत्व दिँदै आउनु भएका बस्नेत यस अघि नविल बैंक, एनबी बैंक, एन आई सी एशिया बैंक र माछापुच्छेक बैंकमा आबद्ध रहेका थिए ।

बस्नेत बैंकिङ्ग क्षेत्रमा नियन्त्रण सहितका व्यापार तीव्र अभिवृद्दि र उत्कृष्ट ग्राहक सेवाको सन्तुलन गर्दै नयाँ उचाईमा पु¥याउनु पर्छ भन्ने मान्यता राख्छछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।