टाटा मोटर्सको विराटनगरमा नयाँ शोरुम उद्घाटन

Feb 13, 2019 Merolagani

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्ना उत्पादन बिक्री वितरणका लागि बिराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको विराटनगरका लागि आधिकारिक वितरक गोयल अटो प्रा. लि. ले बुधबार देखि शोरुम सञ्चालनमा ल्याएको हो।

तीन हजजार वर्गफिट क्षेत्रफलमा फैलिएको, विराटनगरको पिपलबोटमा अवस्थित यो शोरुम यस शहरकै ठूला शोरुमहरु मध्ये एक हो, जहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछ।

शोरुमको उद्घाटन समारोहबीच बोल्दै, टाटा मोटर्स अन्तर्र्रािष्ट्रय व्यापारका प्रमुख, सुजन रोयले भने, “टाटा मोटर्सका लागि महत्पूर्ण मानिएको नेपाली बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ ।

ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ्ग र गोयल अटोको नेतृत्वमा यस शोरुमको संचालनले यस क्षेत्रमा बिक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौं।”

उद्घाटन समारोहकै बीच बोल्दै, सिप्रदी ट्रेडिङ्गका अध्यक्ष सौर्य एस. जे. बी. राणाले गोयल अटोसंगको यो साझेदारीले ग्राहकहरुमाझ टाटा मोटर्सको पहुच सहज बनाएकोमा र सेवा र सुविधा अझै सुदृढ हुदै जाने भएकोमा आफू हर्षित भएको बताए। आधुनिक शोरुम संगै टाटाका विभिन्न आकर्षक मोडेलका कारहरु (नेक्सन, एनआरजी, जेस्ट, बोल्ट, स्ट्रम, हेग्जा, टियागो र टिगोर) यसरी बिक्रिवितरण गर्न पाउदा ग्राहकहरु अझै लाभान्वित हुनेकुरामा आफू विश्वस्त रहेको बताए।

शोरुमको उदघाटन गर्दै, गोयल अटोका व्यवस्थापकीय प्रमुख, स्नेह गोयलले टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थनीय स्तरमै दिन पाउदा आफू खुशी भएको बताए।

त्यसैगरी गोयल अटोका प्रोपराइटर हनुमान अग्रवालले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै शोरुमले आफ्ना ग्राहकवर्गलाई उत्कृस्ट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
टाटा शोरुम हप्ताको सातै दिन विहान ९स्३० बजे देखि बेलुकी ७ बजे सम्म खुल्ने छ । यस शोरुमसंगै देशभर टाटा मोटर्सका २२ वटा अन्य बिक्रि केन्द्र र २५ वटा सर्विस सेन्टर रहेका छन् ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।