सानिमा बैंक र भि.पि. आईएनसि बीच रेमिट्यान्स सम्झौता, कोरियाबाट पठाउन सहज

Feb 13, 2019 Merolagani

सानिमा बैंक (SANIMA)  र भि.पि. आईएनसि बीच दक्षिण कोरिया—नेपाल रेमिटयान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ। यस सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र भि.पि. आईएनसिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जुन किमले हस्ताक्षर गरेका हुन्।

यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालभरि १० हजार भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिनेछ । 

दक्षिण कोरियाबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंक लगायत कुनै पनि बैंकको खातामा जम्मा गर्न सकिनेछ ।

सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेसले यू.ए.ई, मलेशिया, कतार, यू.के, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत विश्वभरि बाट रेमिटयान्स सेवाका साथै आन्तरिक रेमिटयान्स सेवा पनि दिँदै आइरहेको छ ।

सानिमा बैंकको हाल ७६ शाखा, १ एक्टेन्सन काउन्टर र ७२ ए.टि.एम. रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।