पाँच लाख घुस प्रकरणमा न्यायाधीश बाबुकाजी बानियाँ पनि जोडिए

Feb 13, 2019 Merolagani

ज्यान मुद्दा सहज गराइ दिन ५ लाख घुस लिइसकेको अवस्थामा सुब्बा समातिएको प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पनि मुछिएका छन् । 

अदातलको फाँट नम्बर २६ मा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेले घुस प्रकरण न्यायाधीश कै सल्लाहमा भएको बयान अख्तियारलाई गरे पछि न्यायाधीशको संलग्नता बाहिरीएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको ईजलाशमा बिचाराधिन रहेको सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय कम गरी दिने भनी न्यायाधीश बाबुकाजी बानियाँको सल्लाह र सहमतिमा घुस लिएको नायव सुब्बा भोलानाथ चालिसेले अख्तियारलाई बयान दिएका थिए ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार न्यायाधीशलाई कारबाही गर्ने क्षेत्राधिकार अख्तियारमा नरहे पछि न्याय परिषदमा लेखि पठाइएको छ । न्याय परिषदलाई अख्तियारले लेखेको पत्रमा न्यायाधीश बाबुकाजी बानियाँको हकमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ४९क० को कानुनी प्रावधान बमोजिम अनुसन्धानका सिलसिलामा प्राप्त प्रमाण कागजातहरु सहित न्याय परिषद्मा लेखि पठाईएको उल्लेख छ ।

सेवाग्राहीसंग ५ लाख घुस लिइ सकेको अवस्थामा वन परिसर बबरमहलबाट पक्राउ परेका नायव सुब्बा भोलानाथ चालिसेलाई भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र ऐ। ऐनको दफा ३ को उपदफा ९१० को देहाय ९घ० बमोजिम जरिवाना र कैद सजाय मागदावी लिई बुधबार विशेष अदालत आरोप पत्र दायर गरिएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।