महुली सामुदायिक लघुवित्तको ९ हजार ४५३ कित्ता शेयरमा लिलामी खुल्यो

Feb 14, 2019 Merolagani

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था (MSLB) को हकप्रदमा अवितरित ९ हजार ४ सय ५३ कित्ता साधारण शेयरमा फागुन २ गते बिहीबारदेखि बोलपत्र आवेदन खुला भएको छ । 

लघुवित्त कम्पनीले मंसिर ११ देखि पुस १६ गतेसम्म जारी गरेको चुक्ता पूँजीको ५० प्रतिशत बराबरको ३ लाख कित्ता हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो । 

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकका शाखा कार्यालहरु विराटनगर, वीरगन्ज, बुटवल, पोखरा, नेपालगन्ज तथा सुर्खेत र महुली सामुदायिक लघुवित्तको सप्तरी स्थित बकधुवा ९ महुली बजारबाट पनि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम एक सय कित्तादेखि लिलामीमा ल्याइएको सबै कित्तासम्म र न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । लिलामी भर्ने अन्तिम म्याद फागुन १३ गते दिउँसो ३ बजेसम्म रहेको छ ।

महुलीको शेयर धितोपत्रको दोस्रो बजारमा फागुन १ गते बुधबार प्रतिकित्ता १३७४ रुपैयाँमा कारोबार भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा महुली सामुदायिक लघुवित्तले २ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ३५ पैसा कायमा गरेको छ।

यस अवधिमा लघुवित्तले चुक्ता पूँजी ७ करोड २० लाख र जगेडा कोषमा १६ करोड २४ लाख रुपैयाँ सञ्चित गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.७४ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२५ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात ४६.५० गुणा बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।