नेशनल इन्स्योरेन्सको खुद नाफामा सुधार,खुद बीमा शुल्क भने घट्यो

Feb 14, 2019 Merolagani

नेशनल इन्स्योरेन्स (NICLL) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा उलेख्य रूपमा खुद नाफा बढाएको छ। कम्पनीले पुस मसान्तसम्ममा १ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ५३ करोड ५८ लाख रूपैयाँ नाेक्सानी व्यहाेरेकाे थियो।

कम्पनीले ३६ करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७ करोड ५३ लाख रुपैयाँले कम हो । गत वर्षको यहि अवधिमा ४४ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

कम्पनीले यस अवधिमा पूर्नबीमा कमिशन वापत ४ करोड ७७ लाख रूपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ८ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ ।

नेप्सेमा सूचीकृत नरहेको यस कम्पनीको चुक्ता पूँजी छैन भने जगेडा कोष ३८ करोड ३८ लाख रुपैयाँ ऋणत्मक छ। तर बीमा कोष भने ९९ करोड ९६ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा २ करोड ६५ लाख रुपैयाँ सञ्चित छ। दुबै सूचाङ्कमा उत्कृष्ठ सुधार भएको हो।

यस अवधिसम्ममा कम्पनीले ११ हजार ८२५ बीमालेख जारी गरि कुल ४४ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा ३ हजार ५०३ बीमालेख मात्रै नविकरण भएको छ ।

इन्स्योरेन्सले १ हजार ४२० दाबी वापत ३८ करोड २७ लाख रुपैयाँ कुल भुक्तानी गरेको छ भने १ हजार ३७० वटा दाबी वापत ७२ करोड ८७ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।