गत वर्षको यसै अवधिमा कम्पनीले एक करोड ४० लाख रुपैयाँ रुपैयाँ बराबर नाफा कमाएको थियो । विद्युत्त बिक्रीबाट हुने आम्दानी घट्नु र खर्च बढ्नु कम्पनीको नाफा घटाउने प्रमुख कारण देखिएका छन् ।
चालू आवको पुस मसान्तसम्म कम्पनीले विद्युत्त बिक्रीबाट ३ करोड ११ लाख रुपैयाँ कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनील तीन करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा दुई करोड ७३ लाख रुपैयाँ पुगेको छ । गतवर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा तीन करोड तीन लाख रुपैयाँ थियो । गत पुसको तुलनामा अन्य आय भने केही बढेर ५८ हजार कमाएको छ ।
कम्पनीको जगेडा कोषमा ४ करोड २० लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८५ पैसा र मूल्य आम्दानी अनुपात ३२.६७ गुणा बढी छ ।
ङादी ग्रुप पावरको पनि वित्तीय विवरण पनि त्रुटीपूर्ण
ङादी ग्रुप पावर कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा पनि प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपात पनि गलत तवरबाट गणना गरेको छ ।
यस विवरणमा कम्पनीले वित्तीय विवरणमा दोस्रो त्रैमासिकमा कायम भएको २.०२ पैसा प्रतिशेयर आम्दानीलाई प्रथम त्रैमासको जसरी वार्षिकीकरण गरेर ८ रूपैयाँ ७ पैसा देखाएको छ । तर कम्पनीको वास्तकि प्रतिशेयर आम्दानी भने वार्षिक ४ रुपैयाँ ४ पैसा कायम हुने देखिन्छ ।
गत आवको यसै अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २५ पैसा रहेको थियो । नाफा घटेसँगै कम्पनीको इपिएस पनि घटेको हो । कम्पनीको चुक्ता पूँजी ५३ करोड ५५ लाख ५४ हजार रुपैयाँ छ ।
प्रतिशेयर आम्दानी गणना नै गलत तवरबाट निकाल्दा कम्पनीको मूल्य आम्दानी अनुपात पनि गलत बन्न पुगेको छ । वित्तीय विवरणमा कम्पनीमा मूल्यआम्दानी अनुपात १६.३५ गुणा मात्र उल्लेख गरेको छ । तर कम्पनीकै वित्तीय विवरणमा नै कम्पनीको शेयर पुस ३० गते अन्तिम पटक १३२ रुपैयाँमा कारोबार भएकाले यसको इपिइस ४ रुपैयाँ ४ पैसाका आधारमा पिइ रेसियो ३२.६७ गुणा बढी देखिन्छ ।
नियामक निकाय नहुने कम्पनीहरुले प्रकाशि गर्ने वित्तीय विवरण हुबहु बुझ्नु र त्यस अनुसार लगानी रणनीति लिनु घातक हुने देखिन्छ ।