नेपाल राष्ट्र बैंकले लाभांस बितरणमा रोक लगाए पछि श्रेष्ठले राष्ट्र बैंकको निर्देशन पालना गर्न शेयर कारोबार गरेको बुझिएको छ । श्रेष्ठले राष्ट्र बैंकको अंकुस पछि परिवारका नाममा रहेको ७२ लाख ३६ हजार ३७५ हजार कित्ता शेयर कारोबार गरेका हुन् ।
राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा बाहिर रहेर शेयर धारण गरेको भन्दै राष्ट्र बैंकले लाभांस बितरणमा रोक लगाएको थियो । एकाघर भित्र १५ प्रतिशतभन्दा धेरै शेयर धारण गर्न नपाइने व्यवस्था रहेकोमा राष्ट्र बैंकले कैफियत रहेको भन्दै शेयर स्वामित्व घटाएर मात्र अघि बढ्न एभरेष्ट बैंकलाई निर्देशन दिएको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिके श्रेष्ठले राधा श्रेष्ठको नामबाट ५२ लाख ७७ हजार ७५० कित्ता तथा नेपालकृण श्रेष्ठको नामबाट १९ लाख ५८ हजार ६२५ कित्ता शेयर २६५ रुपैंयाको दरले प्रतिमा श्रेष्ठको नाममा १ अर्ब ९१ करोड ७६ लाख ३९ हजार ३७५ रुपैंयामा कारोबार भएको हो ।
राधा श्रेष्ठको नाममा ५२ लाख ७७ हजार ७५० कित्ता तथा नेपालकृष्ण श्रेष्ठको नाममा ६३ लाख ४५ हजार र प्रतिमा श्रेष्ठको नाममा ४७ लाख ३२ हजार कित्ता शेयर रहेको बैंकको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।
बिहीबार राधा श्रेष्ठको नाममा रहेको सबै शेयर कारोबार भएको हो भने नेपालकृष्णको नाममा अझै ४३ लाख १८ हजार कित्ताभन्दा बढी शेयर बाँकी छ । प्रतिमा श्रेष्ठको शेयर सवामित्व भने ४७ लाखबाट १ करोड २० लाख कित्ताभन्दा धेरै भएको छ ।
प्रतिशतका आधारमा हेर्दा अब प्रतिमा श्रेष्ठसँग साढे १४ प्रतिशतभन्दा धेरै शेयर स्वामित्व पुगेको छ । १५ प्रतिशतभन्दा धेरै स्वामित्व कायम नहुने गरी बिकेले शेयर बेचेर आफ्नो परिवारको स्वामित्व घटाएका हुन् ।