शेयर बजार साढे तीन वर्ष पहिलेको बिन्दुमा ओर्लियो, २५ करोडको कारोबार

Feb 14, 2019 Merolagani

निरन्तर ओरालो लाग्ने क्रममा रहेको शेयर बजारमा बिहीबार पनि गिरावट आएको छ। यस अघिको तल्लो विन्दु १११८ विन्दुबाट तल झरेको बजार झण्डै साढे तीन वर्ष पहिलेको विन्दुमा ओर्लिएको छ। सन् २०१५ को अगष्ट १६ तारिखका दिनको बिन्दुमा बजार ओर्लिएको हो। त्यसयता बजार बिहीबारकोभन्दा माथिल्लो बिन्दुमा रहँदै आएको थियो।

फमगुन २ गते बिहीबार शेयर बजार परिसूचक नेप्से ८.२१ अंकले घटेको छ। बजारमा बिहीबार कूल २ अर्ब १६ करोड ६५ लाख ६ हजार रुपैयाँको शेयर कारोबार भएको देखिए पनि एभरेष्ट बैंकको संस्थापक शेयरको म्यान्नुअल कारोबारलाई गणना नगर्दा २४ करोड ८८ लाख रुपैंयाको मात्र शेयर कारोबार भएको देखिन्छ ।

...[एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले एकै पटक किन सारे झण्डै २ अर्बको शेयर ?]...


बिहीबार नेप्से ८.२१ अंकले झरेर १११२.८७ बिन्दुमा झरेको छ । सन् २०१५ को अगष्ट १६ तारिखका दिन बजार परिसूचक नेप्से १११२.०५ बिन्दुमा बन्द भएको थियो ।

यस दिन १६४ कम्पनीको ८० लाख ९५ हजार ७२ कित्ता शेयर किनबेच भएर २ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । कारोबार रकमका आधारमा पहिलो स्थानमा रहेको देखिएको एभरेष्ट बैंकको १ अर्ब ९१ करोड बढीको संस्थापक शेयर भने स्वामित्व प्रतिशत मिलाउनका लागि आन्तरिक रुपमा बैंकका अध्यक्ष बिके श्रेष्ठले कारोबार मात्र गराएको बुझिएको छ ।

यस्तै अपर तामाकोशी, प्रभु बैंक, एनसिसि बैंक, नागरिक लगानी कोष र मुक्तिनाथ विकास बैंकको कारोबार रकम १ करोड रुपैयाँ भन्दा बढी छ ।

कारोबारमा आएका १० उपसूचक सबै ऋणात्मक देखिएको छ । निर्जीवन बीमा कमपनीको सूचक सबैभन्दा धेरै ७०.१७ अंकले घटेको छ। यस्तै जीवज बीमा २९.३५, होटल २७.०४, उत्पादन तथा प्रशोधन १८.७१ र माइक्रोफाइनान्स १५.३४ अंकले ओरालो लागेको छ । बाँकी उप समूहका सूचक १० अंकभन्दा कमले घटेको छ ।

यस दिन चौतारी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.७५ प्रतिशतले बढेको छ। नेपाल कम्युनिटी बैंकको शेयरधनीले ३.५४ प्रतिशत र गुरासँ लाइफ इन्स्योरेन्सका शेयरधनीले २.१४ प्रतिशत कमाएका छन् । यस्तै सिद्धार्थ इक्वीटी फण्डको इकाइमूल्य, समता माइक्रोफाइनान्स, नेको इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त र सिर्नजी पावरको शेयरमूल्य एक प्रतिशत भन्दा बढीले बढेको छ ।

यता नेपाल सेवा लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै अर्थात ८.४२ प्रतिशतले घटेको छ। ङादी ग्रुप पावर, नयाँ नेपाल लघुवित्त, वर्ल्ड मर्चेन्ट फाइनान्स, आइएमई जनरल इन्स्योरेन्सका शेयरधनीले ४ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

यस्तै अरुण काबेली, मिर्मिरे लघुवित्त, हिमालयन डिस्टिलरी, रैराङ्ग हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

युनिलिभर नेपाल, छ्याङदी हाइड्रोपावर, सानिमा इक्वीटी फण्डको इकाई मूल्य, किसान माइक्रोफाइनान्स, कालिका लघुवित्त, सिभिल लघुवित्तको शेयर मूल्य १ प्रतिशत भन्दा बढीको घटेको छ ।

बजारमा आएको निरन्तरको गिरावटका कारण लगानीकर्ताको सम्पत्तीको आकार दिनदिनै घट्दै गईरहेको छ। बिहीबारको तिब्र गिरावटपछि समग्र बजार पूँजीकरण १३ खर्ब ५८ अर्ब ४४ करोड ७५ लाख रुपैयाँमा ओर्लिएको छ। पछिल्लो समय धेरै कम्पनीहरुले साधारण शेयर निष्काशन गरिसकेको हुनाले बजार पूँजीकरणको गिरावट भने कम अनुपातमा छ । यसले बजार घटाइकै अनुपातमा पूँजीकरण घट्न दिएको छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।