समितिले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४५ बमोजिम विशेष परीस्थिति खरिद गर्ने व्यवस्थाको प्रयोग गर्न वा बानुन बाधक भए संसोधन गरेर भए पनि मेलम्ची अगाडी बढाउन भनेको छ ।
इटालियन ठेकदार कम्पनीले परियोजना सम्पन्न गरे पछि ठूलो रकम पाउने भए पनि बीचैमा काम छोडेर फर्कीनु अस्वभाविक भएको भन्दै समितिले गंभिर छानविन गर्न र छानबिन प्रतिबेदन एक महिना भित्र समितिमा पेश गर्न खानेपानी मन्त्रीलाई निर्देशन दिएको छ ।
मेलम्चीमा आएका समस्या अर्को आयोजना नदोहोरियोस् भन्नका लागि गहिरो अध्ययन गरेर सुझाव प्रतिवेदन सार्वजनिक खरिद कार्यालयलाई बुझाउन पनि सरकारलाई भनेको छ ।