रेनल्टद्वारा पूर्व कार्यकारी प्रमुखको २ वर्षकाे तलब राेक्का

Feb 15, 2019 Merolagani

फ्रान्सको बहुर्राष्ट्रिय ख्यातिप्राप्त कार कम्पनी रेनल्टले उसका पूर्व कार्यकारी प्रमुखको भूक्तानी रोक्का गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्ना पूर्व प्रमुखलाइ दिन बाँकी दुई बर्षको भूक्तानीलाई उनको नियुक्ति करारमा रहेको गैर-प्रतिस्पर्धी धारा अन्तर्गत तलबको दुई बर्ष बराबरको भूक्तानी रोक्ने रेनल्टको सञ्चालक समितिको निर्णयबाट भएको कम्पनीले जनाएको छ।

बुधबारको बैठकले पूर्व कार्यकारी प्रमुख गोउनले रेनल्टको शेयरबाट पाउने लाखौँ यूरो बराबरको रकम पनि पाउन अयोग्य घोषणा गरिएको छ । उनको करारमा उनी रेनल्टमा रहेको अवस्थामा उक्त शेयर पाउने उल्लेख थियो ।

जापानी निस्सान कम्पनीको समेत जिम्मेवारी सम्हालेका गोउनलाई गलत वित्तीय रिपोर्टिङ्गको आरोपमा गत नोभेम्बर १९ मा जापानबाट पक्राउ गरिएको थियो । उनले आफु विरुद्ध लगाइएका आरोपहरु असत्य भएका भन्दै आरोपहरूको खण्डन गर्दै आएका छन् ।

सरकारी वकीलहरुले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन् । उनीमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलब बापत लिएको करिब चार करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेश नगरेको आरोप छ। वकीलहरुले वित्तीय सङ्कटका कारण निसानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशंका पनि गरेका छन् ।

गोउनले अदालत समक्ष आफ्नो कार्यकालमा निसान कम्पनीले गरेका उपलब्धिहरुको व्याख्या गरेका थिए। उनले कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङ्ग जस्ता नवीन प्रविधिको प्रयोगमा ल्याएको बताए।

केही वर्षयता निस्सान कम्पनीमा फ्रान्सेली कार उत्पादक रेनल्टले पनि शेयर लगानी गरेको छ । हाल निस्सानमा रेनल्टको ४३ प्रतिशत हिस्सा छ भने रेनल्टमा निसानको १५ प्रतिशत शेयर छ।

पक्राउसँगै गोउनले रेनल्ट कम्पनीबाट राजिनामा गरेका छन् भने निस्सानले उनलाई आर्थिक हिनामिना गरेको आरोपमा हटाएको छ।

-एएफपी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।