कृषि विकास बैंकद्धारा साधारण सभा आह्वान, २१% लाभांश पारित गर्दै

Feb 15, 2019 Merolagani

कृषि विकास बैंक (ADBL) ले लाभांश पारित गर्न बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको फागुन १ गते सम्पन्न ७३६ औं बैठकले चैत १५ गते कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र बोडे भक्त्तपुरमा सभा आह्वान गर्ने निर्णय गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद र ६ प्रतिशत बोनस सहित कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यस्तै सरकारको अग्राधिकार शेयर वापतको ६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्ष २०७४/७५ मा बैंकले तीन अर्ब ६७ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो । यहि नाफाबाट बैंकले लाभांश बाँड्नेछ ।

सरकारको अग्राधिकार शेयर सहित बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रहेको छ । बैंकमा ८ अर्ब ४९ करोड ९८ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ ।

बैंकले सर्वसाधारण शेयरधनीलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ९८ लाख ५ हजार पुग्नेछ ।

चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा बैंकले १ अर्ब ९ करोड ३७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३७ पैसा, प्रतिशेयर नेटवर्थ २६७ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात १२.३८ गुणा बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।