घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त पाठकद्धारा राजीनामा

Feb 15, 2019 Merolagani

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता एवं सहसचिव छविन्द्र पराजुलीका अनुसार केहीबेर अघि आयुक्त पाठकले राजीनामा पत्र बुझाएका हुन् ।

एक निजि कलेजसंग लाखाैं रूपैयाँ घुस लिएकाे घटना बाहिरीए पछि संसदमा महाअभियाेगकाे तयारी भइरहेका बेला पाठकले राजिनामा गरेका हुन् ।

आयुक्त पठक राजीनामा पत्र बोकेर आफैँ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। राजीनामाका सम्बन्धमा प्रक्रियामा अघि बढेकाे प्रवक्ता पराजुलीले जानकारी दिए । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।