गत वर्षको दोस्रो त्रैमासमा ओरियण्टल होटलले ११ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
होटलले यस अवधिमा व्यवसाय तथा सेवाको बिक्री मार्फत ५६ करोड ९३ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा ५२ करोड ९४ लाख रुपैयाँ आम्दानी गरको थियो । यस्तै यस अवधिमा होटलले २० करोड १९ लाख रुपैयाँ होटल सञ्चालनबाट नाफा कमाएको छ।
हाेटलले १४ कराेड ३९ लाख कर्मचारीलाइ खर्च गरेकाे छ भने ६ कराेड ६३ लाखकाे खाध्यान्न र पेय पदार्थ खरिद गरेकाे छ। ८ कराेड १९ लाख सञ्चालन र ३ कराेड ९८ लाख ह्रासकट्टी र ७ कराेड ८८ लाख रूपैयाँ साधारण तथा कार्यालयमा खर्च गरेकाे छ।
एक अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलले १५ प्रतिशत बोनस शेयर पूँजीकरण गरेर ९३ करोड ४२ लाखबाट पूँजी वृद्धि गरेको हो। यस अवधिमा जगेडा कोषमा एक अर्ब ७९ लाख ६८ हजार रुपैयाँ सञ्चित छ। गत पुसमा ९३ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २४ रुपैयाँ ९४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ८२ पैसा र मूल्य आम्दानी अनुपात १७.५२ गुणा बढी छ।