चावहिलमा विदेशी चिकित्सकहरूको लगानीमा खुल्यो हेल्थ सेन्टर

Feb 15, 2019 Merolagani

राजधानीको चावहिलस्थित् मित्रपार्कमा अन्तराष्ट्रिय स्तरको हुवाइ हेल्थ सेन्टर प्रा.लि. सञ्चालनमा आएको छ । विदेशी चिकित्सकहरूको लगानीमा उच्चस्तरिय प्रविधिको प्रयोगमा हेल्थ सेन्टर सञ्चालनमा ल्याइएको हो । हेल्थ सेन्टरमा पिडा रहित तरिकाले रोगको निदान र उपचार गरिने हेल्थ सेन्टरको दाबी छ ।

हेल्थ सेन्टरमा नाक कान घाँटीका साथै अन्य रोगको उपचार हुने छ । नाक सुन्निने, नाकमा मासु पलाएको, पिनास, नाकबाट रगत बग्ने, घाँटी सुन्निने, टन्सिल, घाँटीमा आउने खटिरा जस्ता समस्याको गुणस्तरिय उपचार गरिने हेल्थ सेन्टरले जनाएको छ ।

यस्तै मलद्धारका रोगहरु पायल्स्, फिस्टुला तथा मलद्धार सुन्न्निे, खटिरा आउने, घाउ हुने तथा स्त्री सम्बन्धि रोग हरूको उपचार हुने रोग जस्ता रोगको पनि उपचार हुने हेल्थ सेन्टरले जनाएको छ । बारम्बार पिसाब लाग्ने,पिसाब सफा नहुने, गर्भ नबस्ने, सिघ्र स्खलन, लिंग उत्तेजित नहुनेजस्ता रोगको पनि उपचार हुने हेल्थ सेन्टरको भनाई छ । विदेशमा लामो समयसम्म चिकित्सा क्षेत्रमा अनुभव भएका चिकित्सकहरूले गुणस्तरिय पद्धतीबाट उपचार हुने सेन्टरको भनाई छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।