सूचीकृत भएको शेयरमध्ये चार कम्पनीको ८३ लाख ६४ हजार ९९५ दशमलव ६६ कित्ता बोनस, एक कम्पनीको ७९ लाख ११ हजार २११ कित्ता हकप्रद र ५५ लाख कित्ता प्रथामिक निष्काश सहितको सूचीकरण रहेको छ ।
यस साता सूचीकरण भएको शेयरमध्ये नेपाल क्रेडिट एण्ड कर्मस बैंक (NCCB) को ७९ लाख ११ हजार २११ कित्ता हकप्रद शेयर रहेको छ । बैंकले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्दा अवितरित भई बोलकबोल गरि बिक्री गरेको शेयर सूचीकरण गराएको हो ।
त्यसैगरि घलेम्दी हाइड्रो लिमिटेड (GHL) को स्थानीय र सर्वसाधारणलाई बिक्री गरिएको १६ लाख ५० हजार कित्ता आईपिओ सहित कूल ५५ लाख कित्ता सूचीकरण भएको छ । कम्पनीले उक्त शेयर गत पुस १९ देखि २३ गतेसम्म निष्काशन गरि माघ १ गते बाँडफाँड गरेको थियो।
मुक्तिनाथ विकास बैंक, वेष्टर्न डेभलपमेण्ट बैंक, निर्धन उत्थान लघुवित्त र जानकी फाइनान्सले बोनस शेयर सुचीकृत गराएका छन् । मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९६८ दशमलव ०६ कित्ता, निर्धन उत्थानको २० लाख कित्ता र जानकी फाइनान्सको ८ लाख ८७ हवजार ४६६ कित्ता र वेष्टर्न डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५६१ दशमलव ०६ कित्ता बोनस शेयर रहेको छ ।
मुक्तिनाथ विकास बैंक (MNBBL) को गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १८.२५ प्रतिशत बोनस कारोबारका लागि सूचीकृत भएको हो । गत मंसिर २९ गते सम्पन्न बाह्राैं वार्षिक साधारण सभाबाट उक्त बोनस पारित भएको थियो।
यसैगरि निर्धन उत्थान लघुवित्त (NUBL) को २० प्रतिशत बोनस पनि कारोबारका लागि सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्ता पूँजी एक अर्बको २० प्रतिशत बोनस गत मंसिर २५ गते सम्पन्न बीसौं वार्षिक साधारण सभाबाट पारित भएको थियो ।
वेष्टर्न डेभलपमेण्ट बैंक (WDBL) ले आर्थिक वर्ष २०७३/७४ सम्म कायम चुक्ता पूँजी ४२ करोड ९३ लाख १२ हजार रुपैयाँको १७.४१३ प्रतिशत बोनस सूचीकरण गराएको हो । गत असार १३ गते सम्पन्न बैंकको बाह्रो वार्षिक साधारण सभाबाट सो बोनस पारित भएको थियो।
जानकी फाइनान्स (JFL) ले पनि आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्ता पूँजीको २२ प्रतिशत बोनस गत असोज २९ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित भएको थियो । सो बोनस कम्पनीले कारोबारका लागि सूचीकरण गराएको हो ।
सूचीकृत सबै कम्पनीका शेयरहरु शेयरधनीले नेप्सेमा कारोबार गर्न सक्नेछन् ।