फागुन १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा आफ्नो सबै रेन्जको ग्लोबल मोविलीटी सोलुसनका प्रडक्टहरुको पहिलो पटक लाइफस्टाइल अटो शो गर्ने भएको हो । महिन्द्राले नेपालका ग्राहकहरुलाई महिन्द्रा उदय २०१९ फेस्टीभल मार्फत महिन्द्राका प्रडक्टहरुको बारेमा अनुपम अनुभव दिनेछ ।
यो कार्यक्रम महिन्द्रा अग्नी इन्कर्पोरेट, एमभी दुगड ग्रुप र स्वराज पार्टन अन्तर्गतका सबै महिन्द्राका ब्रान्डहरुको प्रदर्शनी एकै स्थानमा हुनेछ । यस इभेन्टको डिस्प्लेले महिन्द्राका सवारी साधनहरुको टफ र रग्ड डिएनएको बारेमा अवलोकन कर्ताहरुलाई अझ स्पष्ट पार्नेछ ।
यस इभेन्टमा एकै छानामुनी महिन्द्राको सबै अन्तर्राष्ट्रिय रेन्जका प्रडक्टहरु टुह्वीलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टरहरुको प्रदर्शनी हुनेछ। महिन्द्राले मोविलीटी सोलुसन अन्तर्गतका पूरा रेन्जको दुई पाङ्ग्रेदेखि प्यासेन्जर भेइकल, कमर्शियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीसम्म प्रदशनी गर्ने जनाएको छ ।
यस फेस्टीभलमा सवारी साधनहरुको प्रदर्शनी बाहेक नेपालका चर्चित कलाकारहरुको लाइभ प्रफर्मेन्सका साथै ६ वटा भन्दा बढी विभिन्न भेराइटीका खानाहरुको पनि स्टल रहनेछ ।
महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड २०.७ बिलीयन अमेरिकी डलरको कम्पनी महिन्द्रा ग्रुप अन्तर्गतको एक कम्पनी हो।