नेप्से सूचक २.३४%ले घटेको साताको शेयर बजारमा यसकारण देखियो उच्च कारोबार

Feb 16, 2019 Merolagani

- तीर्थराज पाैड्याल।
धितोपत्र बजारमा यस साता कारोबार मापक नेप्से परिसूचक २६.७० अंकले घटेको छ। आइतबार ११३९.५७ अंकमा खुलेको नेप्से सूचक २.३४ प्रतिशतले घट्दा साताको अन्तिम दिन बिहीबार १११२.८७ बिन्दुमा झरेको हो।

नेप्से परिसूचक घटेपनि यस साता गत साताको तुलनामा कारोबार रकम भने १०१.९० प्रतिशत अर्थात एक अर्ब ५३ करोड २९ लाख रुपैयाँले बढेको छ ।

पाँच कारोबार दिन नै खुला रहेको नेपाल स्टक एक्सचेञ्जमा यस साता स्टकमा कूल १८८ कम्पनीका एक करोड १२ लाख २४ हजार कित्ता शेयर ३ अर्ब ३ करोड ७४ लाख १० हजाररुपैयाँमा खरिद बिक्री भएका छन् । गत साता १८७ कम्पनीका ५१ लाख ३ हजार ६०० कित्ता शेयर एक अर्ब ५० करोड ४४ लाख ४० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

एभरेष्ट बैंकको ७३ लाख ३६ हजार ३७५ कित्ता संस्थापक शेयर १ अर्ब ९१ करोड ७६ लाख ३९ हजार ३७५ रुपैयाँको कारोबार गरेका हुन्। नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि श्रेष्ठले राष्ट्र बैंकको निर्देशन पालना गर्न परिवारका नाममा रहेको शेयर कारोबार गरेका हन्। जसले साताकाे कारोबार रकम ह्वात्तै बढेको हो ।

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले एकै पटक किन सारे झण्डै २ अर्बको शेयर ?

एभरेष्टपछि यस साता अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर धेरै कारोबार भएको छ । कम्पनीको ६ करोड २१ लाख रुपैयाँमा खरिद बिक्री भएको हो । यसैगरि प्रभु बैंकको ४ करोड ३६ लाख, नागरिक लगानी कोष र एनसीसी बैंकको ३ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।

यस्तै नेपाल इन्स्योरेन्स ३ करोड ९५ लाख, एनएमबि बैंक ३ करोड ५२ लाख, प्रभु बैंकको संस्थापक शेयर ३ करोड ३९ लाख, नेपाल बैंकको ३ करोड २३ लाख, र दशौं ठूलो कारोबार भएको माछापुच्छ्रे बैंकको ३ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

उप समूहगत सूचकमा यस्तो देखियो परिवर्तन

गत साताको तुलनामा यस साता २६ अंकले नेप्से सूचक ऋणात्मक बन्दा १० उप समूहमध्ये उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै ऋणात्मक बनेका छन् । उत्पादन तथा प्रशोधन ३५.९४ अंकले बढेर एक हजार ९८१.७२ अंकमा पुगेको छ र ब्यापार ०.१७ अंकले मात्र बढेको छ ।

जीबन बीमाको इन्डेक्स सबैभन्दा धेरै २५०.५४ अंकले घटेर ५ हजार ५८१.९४ बिन्दुमा झरेको छ । यस साता सबैभन्दा कम फाइनान्स उप समूह ६.५७ अंक घटेर ५९३.१४ बिन्दुमा झरेको छ।

यसैगरि निर्जीबन बीमा १८२.३१, जलविद्युत ३७.४१, लघुवित्त ३६.७७, बैंकिङ्क २१.०२, विकास बैंक १९.९०, अन्य १७.९४, होटल्स ९.५८ अंक र वित्तको इन्डेक्स् ६.५७ अंकले झरेको छ।

सबै कम्पनीको पूँजीकरण घट्यो

शेयर बजार परिसूचक नेप्से उच्च अंकले घट्दा यस साता उच्च पूँजीकरण भएका दशवटै कम्पनीको कूल बजार पूँजीकरण घटेको छ ।

नेपाल टेलिकमको बजार पूँजीकरण सबैभन्दा उच्च एक खर्ब ४ अर्ब २५ करोड रहेको छ । गत साता यस कम्पनीको कूल बजार पूँजीकरण एक खर्ब ६ अर्ब ५ करोड रहेको थियो ।

त्यसैगरि नबिल बैंकको ६६ अर्ब ८० करोडबाट ६५ अर्ब ७५ करोडमा झरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पनि बजार पूँजीकरण ६५ अर्ब ४४ करोडबाट ६४ अर्ब ३१ करोडमा घटेको छ । नेपाल लाईफ इन्स्योरेन्सको ४६ अर्ब ३८ करोडबाट ४४ अर्ब ४० करोडमा झरेको छ ।

यसैगरि गत साता ४४ अर्ब ५४ करोड रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको बजार पूँजीकरण यस साता ४२ अर्ब ९४ करोडमा सीमित भएको छ । एभरेष्ट बैंकको यस साता कूल बजार पूँजीकरण ४० अर्ब ५५ करोड रुपैयाँ रहेको छ । गत साता ४१ अर्ब ५७ करोड रहेको थियो ।

हिमालयन बैंकको पनि ३६ अर्ब ७२ करोडबाट ३६ अर्ब २१ करोडमा, एनआईसी एशिया ३४ अर्ब ४५ करोडबाट ३३ अर्ब ९२ करोडमा, र नेपाल एसबिआई बैंकको ३२ अर्ब १९ करोडबाट ३१ अर्ब ८५ करोडमा र दशौं ठूलो बजार पूँजीकरण रहेको एनएमबि बैंकको कूल बजार पूँजीकरण ३० अर्ब १० करोडबाट २९ अर्ब ६२ करोडमा झरेको हो ।

कूल बजार पूँजीकरण १३ खर्ब ५८ अर्बमा झर्यो

नेप्से घटेसँगै एक साता अवधिमा शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापन गर्ने कूल बजार पूँजीकरण २.३१ प्रतिशत घटेर १३ खर्ब ५८ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो बिहीबार (माघ २४ गते) कूल बजार पूँजीकरण १३ खर्ब ९० अर्ब ६३ करोड रुपैयाँमा रहेको थियो । सूचक घटेसँगै गत हप्ताको तुलनामा यो हप्ता बजार पूँजीकरण ३२ अर्ब १९ करोडले गिरावट आएको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।