शेयर बजारमा देखिएको गिरावटका कारण पछिल्लो समय आम लगानीकर्ताले प्रिमियममा बिक्री गरिने र जलविद्युत्त कम्पनीहरुको शेयरमा आकर्षण कम हुँदै गइरहेको समयमा कम्पनीले पहिलो दिनबाट नै आम लगानीकर्तासँगै संगठित संस्थाले समेत आवेदन गर्न पाउने गरि आईपिओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले यसअघि प्रस्ताव गरेको शेयर मूल्यलाई घटाएर सर्वसाधारण र मकवानपुरबासीलाई दोस्रो पटक शेयर निष्काशन गर्न लागेको हो। शिवमले यस अघि मकवानपुरबासीलाई निष्काशन गरेको शेयर पनि नयाँ मूल्य अनुसार समायोजन गरी त्यस बेलाका आवेदकलाई थप ५० प्रतिशत शेयर सोही मूल्यमा उपलब्ध गराउने भएको छ।
शिवमले सर्वसाधारणका लागि अंकित मूल्य एक सय रुपैयाँमा २०० प्रतिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँका दरले ४४ लाख कित्ता र मकवानपुरबासीका लागि अंकित मूल्य एक सय रुपैयाँमा १०० प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
शेयरमूल्य घटेपछि मकवानपुरबासीले ५०% थप शेयर पाउने
यस अघि कम्पनीले मकवानपुरबासीलाई प्रतिकित्ता ३०० रुपैयाँ र सर्वसाधारणलाई ४०० रुपैयाँमा शेयर बिक्री गर्ने योजना बनाएको थियो । यसअनुसार शिवमले मकवानपुरबासीलाई ३०० रुपैयाँदरले २ लाख २४० कित्ता शेयर निष्काशन गरिसकेको छ। सो आवेदकलाई मूल्य घटाएपछि कम्पनीले सो समयमा बाँडफाँड भएको. शेयरको पचास प्रतिशत शेयर थप दिने भएको हो ।
आयोजना प्रभावितलाई छुट्टाएको ८ लाख ८० हजार कित्तामध्ये यसअघि बाँडफाँड भएको र थप १ लाख १२० कित्ता थप शेयर उपलब्ध गराएर बाँकी रहने ५ लाख ७९ हजार ६४० कित्ता आईपिओ शेयरमा मकवानपुरबासीका फेरि आवेदन गर्न सक्नेछन्।
उता सर्वसाधारणका लागि छुट्याइएको ४४ लाख कित्ता शेयरमध्ये सामुहिक लगानी कोषहरुका लागि २ लाख २० हजार कित्ता र शिवम् सिमेन्टका कर्मचारीका लागि छुट्याएको २ लाख २० हजार कित्तामध्ये ६० हजार कित्ता शेयर मात्र बिक्री भएकाले कम्पनीले सर्वसाधारणमा ४१ लाख २० हजार कित्ता शेयर निष्काशन खुला गरको हो ।
पचासदेखि ५ लाख ७९ हजार कित्तासम्म आवेदन गर्न पाउने
शिवम् सिमेन्टले निष्काशन गर्ने यस आईपिओमा सर्वसाधारण तथा मकवानपुरबासीले उक्त शेयरमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
अधिकतम कित्ताकाे हकमा मकवानपुरबासीले ५ लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् ।
कम्पनीकाे आईपिओ अावश्यक माग परेमा छिटाेमा फागुन ९ गते निष्काशन बन्द हुनेछ भने निष्काशित कित्ताकाे अावेदन नपरेसम्म यस आईपिओ खुला रहनेछ । कम्पनीले आईपिओमा अानेदन गर्ने अन्तिम म्याद चैत ५ गतेसम्म ताेकेकाले साे समयसम्ममा पनि पुरै माग नभएपनि साे दिनपश्चात भने आईपिओ निष्काशन बन्द हुनेछ ।
इच्छुक लगानीकर्ताले मेराे शेयर सफ्टवेयर मार्फत आईपिओमा अावेदन गर्न सक्नेछन् भने यसका अलवा नेपाल धिताेपत्र बाेर्डबाट आश्वा सदस्य अनुमित प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सबै शाखा कार्यालय मार्फत सि-आश्वा प्रणाली मार्फत ७७ जिल्लाबाटै निवेदन दिन सकिनेछ। आयोजना प्रभावितले भने मकवानपुरबासी रहेकाे यकिन हुने नागरिकता वा जन्मदर्ताकाे प्रमाणपत्रका आधारमा निवेदन गर्न सक्नेछन्।