अर्थले विभिन्न मन्त्रालय र तीनका पदाधिकारीहरूकाे विदेश भ्रमणमा मात्र ७३ लाख ३६ हजार रुपैयाँ निकासा गरेको छ। आर्थिक सहायता ७९ लाख ९५ हजार रुपैयाँ र अन्य प्रयोजनको लागि ९० हजार रुपैयाँ निकासा गरेको सूचना सार्वजनिक गरेको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणको लागि २६ लाख ४१ हजार रुपैयाँ, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको यूएई भ्रमणको लागि ५ लाख ५६ हजार, अर्थ मन्त्रालयका कर्मचारीको विदेश भ्रमणमा ३७ लाख ५ हजार, खेलकुदमन्त्री जगत विश्वकर्माको भारत भ्रमणको लागि एक लाख ९० हजार र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको भारत भ्रमणको लागि २ लाख ४२ हजार रुपैयाँ खर्च निकासा गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार रामनगर सर्लाही घटनामा मृत्यु भएका राम विलास महतोको परिवारलाई १० लाख रुपैयाँ, पूर्व राष्ट्रपति डा. रामवरण यादवको भारतमा उपचारमा दुई लाख रुपैयाँ खर्चेको छ ।
त्यसैगरी विभिन्न स्थानमा भएको घटनाक्रमा भएका घाइतेलाई आर्थिक सहयोग, र चुनावको समयमा खटिएका म्यादि प्रहरीको उपचारार्थ खर्च भएको अर्थ मन्त्राललयले जनाएको छ ।
नौ अर्ब ३२ करोड धेरै रुपैयाँ रकमान्तर
अर्थ मन्त्रालयले माघमा ९ अर्ब रुपैयाँभन्दा धेरै रकमान्तर गरेको छ । सरकारले एउटा प्रयोजनको लागि छुट्याइएको रकम अर्कै प्रयोजनको लागि खर्च गर्न ९ अर्ब २९ करोड ४० लाख रुपैयाँ रकमान्तर गरेको छ ।
यस्ताे छ विभिन्न शिर्षकमा भएकाे खर्च र रकमान्तरकाे विस्तृत विवरण:-