नेप्से ११ सय बिन्दु नजिक, २१ करोडको कारोबार

Feb 17, 2019 Merolagani

साताको पहिलो दिन आइतबार बजार खुलेको केही समय उकालो लागेपनि नेप्से ३.१६ अंकले घटेर ११०९.७२ बिन्दुमा झरेको छ । यस दिन १७३ कम्पनीका ८ लाख ८८ हजार ८५३ कित्ता शेयर किनबेच भएर २१ करोड ७ लाख रुपैयाँ करोबार भयो ।

कारोबारमा आएका ११ उपसूचक मध्ये तीन सकारात्मक र ८ ऋणात्मक देखिएको छ । उत्पादन तथा प्रशोधन समुहको सुचक सबै भन्दा धेरै ६.२५ बढेको छ । यस्तै होटल ५.५ र विकास बैंक ३.६८ अंकले सकारात्मक भए ।

जीवन बीमा समुहको सुचक सबैभन्दा धेरै ५३.७५ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा ९.०५, हाइड्रोपावर ८.३४, अन्य ७.७८, व्यापार ४.१४, माइक्रोफाइनान्स १.६६, फाइनान्स १.३६ र बाणिज्य बैंक ०.९२ अंकले ओरालो लागेको हो ।

यस प्रभु बैंकको सबै भन्दा धेरै कारोबार भएको छ । बैंकको १ करोड ९० लाख रुपैयाँ कारोबार भएको हो । यस्तै नागरिक लगानी कोषको १ करोड १९ लाख र अपर तामाकोशीको १ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो । बाँकी कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन् ।

यस दिन चौतारी लघुवित्तको शेयरमूल्य सबै भन्दा धेरै ९.८७ प्रतिशतले बढेको छ । एक्सल डेभलपमेन्ट बैंकको शेयरधनीले ५.३६ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको शेयरधनीले ३.८१ प्रतिशतले कमाएका छन् ।

यस्तै मिर्मिरे लघुवित्त, नविल इक्युटी फण्डको इकाई मुल्य, महिला सहयात्रा माइक्रोफाइनान्स, बैंक अफ काठमान्डु, लक्ष्मी लघुवित्त, साइन रेसुङ्गा, जनउत्थान सामुदायिक लघुवित्तको शेयर मुल्य २ प्रतिशत भन्दा बढीले बढेको छ ।

यता कञ्चन डेभलपमेन्ट बैंकको शेयर मुल्य सबैभन्दा धेरै ६.८३ प्रतिशतले घटेको छ । रिडि पावरका शेयरधनीहरुले ५.२६ प्रतिशतले गुमाएका छन् । यस्तै अरुण काबेली पावर, सपोर्ट माइक्रोफाइनान्स, ङादी पावरको शेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

आजको कारोबारबाट नागबेली लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, कन्काई विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स र सिटि एक्प्रेसका शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।