व्याजदरको बिषयमा अर्थमन्त्रालयमा बसेको बैठकमा व्यवसायीबीच नै चर्काचर्की

Feb 18, 2019 Merolagani

बढ्दो व्याजदरलाई कसरी नियन्त्रण गर्ने भन्ने बिषयमा अर्थमन्त्रालयमा जारी बैठकमा व्यावसायी व्यवसायीबीच नै आरोप प्रत्यारोप चलेको छ। बैंक व्याज दरको बिषयमा नेपाल उद्योग वाणिज्य महासंघले उठाएको मुद्दालाई नेपाल परिसंघका प्रतिनिधिहरुले औचित्यहीन भनेपछि दुबैपक्षबिच चर्काचर्की भएको हो।

विवाद बढेपछि सिएनआइका प्रतिनिधिहरुले बैठक बहिस्कार गरेर हिँडेका थिए ।

तर उनीहरु बाहिर निस्कने र अर्थमन्त्रीको बैठक प्रवेश गर्ने समय एउटै भएकाले अर्थमन्त्रीले पुन थामथुम पारेर बैठकमा लगेको स्थिति छ ।

स्थिति असामान्य बन्ने देखेर अर्थमन्त्रालय परिसरमा थप सुरक्षाकर्मी समेत बोलाइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।