ग्रामीण विकास लघुवित्त र ङादी ग्रुप पावरले दिए हकप्रद निष्काशन गर्न निवेदन

Feb 18, 2019 Merolagani

ग्रामीण विकास लघुवित्त र ङादी ग्रुप पावरले नियामक निकाय धितोपत्र बोर्डसँग हकप्रद निष्काशन गर्न माग गर्दै निवेदन दिएका छन् । ग्रामीणले चुक्ता पूँजीको ५० प्रतिशत र ङादीले ३० प्रतिशत हकप्रद अनुमति मागेको बोर्डले जनाएको छ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था (GBLBS) ले माघ २९ गते चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद निष्काशन गर्न माग गरेको हो ।

हकप्रद निष्काशन गर्न कम्पनीले एनआईबिएल एस क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ । हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको हकप्रद जारीपछि ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

लघुवित्तले चालु आवको दोस्रो त्रैमासमा ११ करोड ३४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी वार्षिक ३४ रुपैयाँ ६४ पैसा कायम गरेको छ ।

यस्तै ङादी ग्रुप पावर (NGPL) ले चुक्ता पूँजीको १०ः३ अनुपातमा पुस २३ गते १६ लाख ६ हजार ६६४ दशमलव ४० कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति मागेको हो । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

हाल कम्पनीको शेयर पुँजी ५३ करोड ५५ लाख ५४ हजार ८०० रुपैयाँ छ।कम्पनीले यहि पूँजीबाट हकप्रद निष्काश गर्न लागेको हो । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६९ करोड ६२ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

ङादी ग्रुप चालु आथिक वर्षको दोस्रो त्रैमासमा एक करोड ८ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।