सरकार आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई विस्तार सुदृढ गर्ने दिशामा अग्रसर रहेको भन्दै प्रधानमन्त्रीले सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नती गरेरै छाडे प्रतिबद्धता व्यक्त गरे ।
सन् २०३० भित्र दिगो विकास लक्ष्यहरु हासिल गर्ने अभियानमा सरकार रहेको प्रधानमन्त्रीको भनाई थियो । उनले सरकार हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिवद्ध रहेको पनि बताए ।
'यतिखेर सरकार समृद्ध नेपाल, सुखी नेपालीको ध्येयका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित छ । स्वदेश र विदेशका लगानीकर्ताहरुको संलग्नतामा आउँदो चैत महिना लगानी शिखर सम्मेलनको आयोजना गरिंदैछ' प्रधानमन्त्रीले भने ।
समृद्धि प्राप्तिको वर्तमान सहयात्रामा विदेशी मित्रहरुको समेत सङ्लनता हुने र लगानी शीखर सम्मेलन मार्फत विकास अभियानमा पनि पनि सहकार्य हुने अपेक्षा आफूले राखेको प्रधानमन्त्रीले बताए ।