समितिको बैठकमा शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले पूँजीबजार सुधारका बिषयमा अध्ययन गर्न गठित समितिले प्रस्ताव गरेको सुझाव उपयुक्त भए पनि कार्यन्वयन हुन नसक्दा बजार सुधार हुन नसकेको बताए। पूँजी बजार दुर्घटनाउन्मूख रहेको भन्दै उद्यारको खाचो रहेको उनको भनाई थियो।
त्यस्तै इन्भेष्टर फोरमका नव नियुक्त अध्यक्ष छोटेलाल रौनियारले २३ खर्बको पूँजीबजार १३ अर्ब झरेको उल्लेख गर्दे लगानीकर्ता डराउने वातावरण उत्पन्न भएकोप्रति ध्यानकर्षण गराए। उनले बजार सुधारका लागि सरकारले घोषणा गरेका कार्यक्रम तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिए।
पूँजीगत लाभकरको बिषय अझै टुङ्गोमा नपुग्दा लगानीकर्ता अन्योलमा रहेको भन्दै उनले यस सन्दर्भमा सरकारको आधिकारिक धारणा सार्वजनिक हुनुपर्ने माग समेत गरे।
बैंकको चर्को ब्याजदर नै अहिलेको पुँजी बजार विकासको मूख्य बाधक भएको बताउँदै रौनियारले बैंक ब्याजदर नियन्त्रण गर्नुपर्ने तर्क गरे। साथै उनले शेयर बजारको विस्तारका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, बजार अध्ययन गरेर मात्रै प्यान लगाउनुपर्ने धारणा राखे।
'पूँजी बजार सुधारका लागि त्रि वर्षिया योजना बनाएर अगाडी बढ्नुपर्छ ।' शेयरको डिमाण्ड बढाउनु पर्छ। रौनियारले भने।