सत्र वाणिज्य बैंकको शेयरमूल्य ३०० रुपैयाँभन्दा सस्तो, अरु सूचकमा कुन अब्बल ?

Feb 20, 2019 Merolagani

निरन्तर ओरालो लागेर मंगलबार फर्किएको शेयर बजारमा १७ वाणिज्य बैंकको शेयरमूल्य ३०० रुपैयाँभन्दा सस्तो छ । साढे तीन वर्ष यताकै तल्लो बिन्दुमा पुगेको बजार फर्किँदै गर्दा १७ वाणिज्य बैंकको शेयरमूल्यका साथै विभिन्न सूचकलाई केलाइएको छ।

सोमबार साँझ राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछि फर्किएको बजारमा वाणिज्य बैंकहरुको शेयरमा अधिक कारोबार चाप देखिएको छ ।

मंगलबार वाणिज्य बैंक समुह १४.६९ अंकले उकालो लागेको अवस्थामा वाणिज्य बैंकहरुको शेयर मूल्य, प्रतिशेयर आम्दानी, मुल्य आम्दानी अनुपात, चुक्ता पूँजी, जगेडा कोष, कमाई, नेटवर्थ लगायतका सूचकलाई एक साथ प्रस्तुत गरिएको छ ।

मंगलबारको बजारमा २८७ रुपैंया प्रतिकित्ता शेयरमूल्य रहेको नेपाल बैंक अधिकांश सूचकहरुमा अगाडि छ। यद्यपी गत आर्थिक वर्षको कमाईबाट बैंकले कुनै पनि किसिमको लाभांश वितरण नगर्ने भएकाले लगानीकर्ता खासै उत्साहित बनेको देखिँदैन ।

बजारमा सबैभन्दा सस्तो अर्थात १५२ रुपैयाँ प्रतिकित्ताको दरमा शेयर कारोबार भएको सिभिल बैंक अधिकांश सूचकहरु अरु बैंककोभन्दा कमजोर देखिएको छ ।

सूचीमा परेका प्रभु बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, जनता, माछापुच्छ्रे, लक्ष्मी, सनराइज, ग्लोबल आईएमई, सिटिजन्स, मेगा, सिद्धार्थ, सानिमा सेञ्चुरी, कुमारी र बैंक अफ काठमाण्डूको विभिन्न सूचक यस्तो देखिन्छ ।

 

तथ्याङ्कहरु चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण तथा मंगलबारको शेयर कारोबारका आधारमा तयार पारिएको हाे। मूल्यआम्दानी अनुपात फागुन ७ गते मंगलबारको मंगलबार बजार बन्द भए पछिको अन्तिम शेयर मूल्यका आधारमा निकालिएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।