Thu, Apr 18, 2024
स्वावलम्बन लघुवित्त (SWBBL) लाई थप सार्वजनिक निष्काशन गर्न नियामक निकाय नेपाल राष्ट्र बैंकले रोक लगाएको छ। यस्तै कम्पनीले संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गरि ५१:४९ प्रतिशत कायम गर्न मागेको अनुमति पनि राष्ट्र बैंकले अस्वीकृत गरेको छ।
लघुवित्त कम्पनीका कम्पनी सचिव चन्द्रमणी चौलागाईले बुधबार प्राप्त भएको पत्रमा थप सार्वजनिक निष्काशन गर्न तथा संस्थापक र सर्वसाधारणको शेयर अनुपात परिवर्तन गर्न राष्ट्र बैंकबाट स्वीकृती प्राप्त नभएको बताए। स्वावलम्बन लघुवित्तको गत पुस २६ गते सम्पन्न १७ औं वार्षिक साधारणले १० करोड ४८ लाख १८ हजार ८०० रुपैयाँको थप सार्वजनिक निष्काशन गर्ने र ६ करोड ६० लाख ३३ हजार ३०० रुपैयाँ बराबरको संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न राष्ट्र बैंकको अनुमति मागेको थियो । हाल कम्पनीमा संस्थापक साधारण शेयर अनुपात ७०:३० रहेको छ। जसलाई कम्पनीको १७ औं वार्षिक साधारण सभाबाट पारित भएबमोजिम ५१:४९ मा झार्न प्रस्ताव पारित गरेको थियो।लघुवित्तको पुस १ गते सम्पन्न २९८ औं सञ्चालक समिति बैठकले एफपिओ जारी गर्ने तथा शेयर अनुपात परिवर्तन गर्ने निर्णय गरेको थियो। सोही साधारण सभाले चुक्ता पूँजी ५० करोड ३१ लाख १० हजार ७०० रुपैयाँको २५ प्रतिशत बोनस (१२ करोड ५७ लाख ७७ हजार ६७५ रुपैयाँ) र ११.८४ प्रतिशत नगद (५ करोड ९५ लाख ७८ हजार ८९९ रुपैयाँ) गरि ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो । यससँगै राष्ट्र बैंकले स्वीकृति नदिँदै सञ्चालक समितिको निर्णयकै आधारमा लघुवित्तमा लगानी गर्ने लगानीकर्ता मारमा परेका छन् ।
लघुवित्त कम्पनीका कम्पनी सचिव चन्द्रमणी चौलागाईले बुधबार प्राप्त भएको पत्रमा थप सार्वजनिक निष्काशन गर्न तथा संस्थापक र सर्वसाधारणको शेयर अनुपात परिवर्तन गर्न राष्ट्र बैंकबाट स्वीकृती प्राप्त नभएको बताए।
स्वावलम्बन लघुवित्तको गत पुस २६ गते सम्पन्न १७ औं वार्षिक साधारणले १० करोड ४८ लाख १८ हजार ८०० रुपैयाँको थप सार्वजनिक निष्काशन गर्ने र ६ करोड ६० लाख ३३ हजार ३०० रुपैयाँ बराबरको संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न राष्ट्र बैंकको अनुमति मागेको थियो ।
हाल कम्पनीमा संस्थापक साधारण शेयर अनुपात ७०:३० रहेको छ। जसलाई कम्पनीको १७ औं वार्षिक साधारण सभाबाट पारित भएबमोजिम ५१:४९ मा झार्न प्रस्ताव पारित गरेको थियो।लघुवित्तको पुस १ गते सम्पन्न २९८ औं सञ्चालक समिति बैठकले एफपिओ जारी गर्ने तथा शेयर अनुपात परिवर्तन गर्ने निर्णय गरेको थियो।
सोही साधारण सभाले चुक्ता पूँजी ५० करोड ३१ लाख १० हजार ७०० रुपैयाँको २५ प्रतिशत बोनस (१२ करोड ५७ लाख ७७ हजार ६७५ रुपैयाँ) र ११.८४ प्रतिशत नगद (५ करोड ९५ लाख ७८ हजार ८९९ रुपैयाँ) गरि ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।
यससँगै राष्ट्र बैंकले स्वीकृति नदिँदै सञ्चालक समितिको निर्णयकै आधारमा लघुवित्तमा लगानी गर्ने लगानीकर्ता मारमा परेका छन् ।
भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।