बैंकपछि लघुवित्तमा मर्जर तथा प्राप्तीको लहर, साधना लघुवित्तले आर्थिक सम्वृद्धिलाई प्राप्ति गर्ने

Feb 21, 2019 Merolagani

- तीर्थराज पाैड्याल।
हालसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका बीचमा मात्र सीमित रहेको आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रकृया अब लघुवित्तहरुको पनि विस्तार हुने भएको छ। लघुवित्त कम्पनीहरुको वित्तीय स्वास्थ्य र पहुँचका आधारमा मर्जरलाई अगाडि बढाउने राष्ट्र बैंकको नीति पछ्याउँदै दुई लघुवित्त कम्पनीहरुले मर्जर/प्राप्तीमा जाने सम्झौता गरेका छन् ।

फागुन ८ गते बुधबार गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको साधना लघुवित्तले तनहुँ डुम्रेमा रजिष्टर्ड कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको अर्को आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता सम्पन्न भएको छ ।

समझदारी पत्रमा साधनाका अध्यक्ष कृष्ण बहादुर थापा र आर्थिक सम्वृद्धिका डा. एक नारायण चापागाँइले हस्ताक्षर गरेका छन् । सवल पूँजी बनाउँदै उत्कृष्ट राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था लक्ष्यका साथ सम्झौता गरिएको दुबै संस्थाका अध्यक्षले जनाएका छन् । प्राप्तिपछि बन्ने संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र केन्द्रीय कार्यालय हरमटारी ६ गोरखामा रहने छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा साधानाको चुक्ता पूँजी ४ करोड ९० लाख र आर्थिक सम्वृद्धिको ३ करोड ६ लाख २५ हजार रहेको छ । यस्तै साधनाले २६ शाखाबाट २० हजार सदस्य मार्फत १३ करोड निक्षेप संकलन गरी ७० करोड लगानी गरी ५७ लाख नाफा आर्जन गरेको छ । यस्तै आर्थिक सम्वृद्धि लघुवित्तको १४ शाखा मार्फत् ५ हजारसदस्य मार्फत् ४ करोड निक्षेप संकलन गरी १५ करोड लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रिय स्तरमा कायम रहनुपर्ने र सो का लागि मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरेको सन्दर्भमा गरिएको सम्झौता नेपालमै पहिलो रहेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत लघुवित्त संस्थाहरुलाई मर्जरमा लैजाने नीति लिएको थियो। माइक्रोफाइनान्सको संख्या अधिक भएको भन्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। साथै राष्ट्र बैंकले नयाँ लघुवित्त सञ्चालनका लागि आवेदन लिन समेत बन्द गरेको छ।लघुवित्त वित्तीय संस्था सोही वर्गको अर्को संस्थासँग गाभ्न र गाभिन वा प्राप्तिका लागि प्रोत्साहन गर्ने गरी आवश्यक नीति तर्जुमा गर्ने मौद्रिक नीतिमा उल्लेख छ। 

लघुवित्त कम्पनीहरुको संख्या धेरै हुँदा राष्ट्र बैंकलाई नियमन गर्न पनि कठिन भएको राष्ट्र बैंकका अधिकारीहरुले यसअघि बताउँदै आएका छन् ।

गत आर्थिक वर्षको साधारण सभाबाट वोमी माइक्रोफाइनान्स लगायत अन्य कतिपय लघुवित्त कम्पनीहरुले मर्जर तथा प्राप्तीको प्रस्ताव पारित गरिसकेका छन् ।अहिले देशभर पाँच दर्जन भन्दा बढी लघुवित्त कम्पनीहरु सञ्चालनमा छन् भने करिब ३ दर्जन कम्पनीहरु पाइपलाइनमा रहेका छन् ।

हाल थाेक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीको चुक्ता पूँजी ६० कराेड,  राष्ट्रियस्तरकाे १० करोड, क्षेत्रीय स्तरकाे ६ करोड, ३ जिल्ले लघुवित्तको २ करोड र १ जिल्लास्तरका लघुवित्तको चुक्ता पूँजी १ करोड रुपैयाँ छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।